योगी आदित्यनाथको दाबी – सङ्गमको पानी नुहाउन मात्र होइन, पिउनसमेत योग्य छ

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले महाकुम्भस्थित सङ्गमको पानी नुहाउन मात्र नभएर पिउनसमेत योग्य रहेको दाबी गरेका छन् । बुधबार विधानसभालाई सम्बोधन गर्दै उनले सङ्गमको पानीको गुणस्तरमा उठाइएका प्रश्नहरूको प्रतिक्रिया दिएका हुन् । उनले भने, “गङ्गा जी होस् वा यमुना जी, यसको वरिपरिका सबै पाइप र नालीहरूमा ट्याप लगाइएको छ र पानी शुद्धीकरण […]

Feb 19, 2025 - 11:04
 0
योगी आदित्यनाथको दाबी – सङ्गमको पानी नुहाउन मात्र होइन, पिउनसमेत योग्य छ

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले महाकुम्भस्थित सङ्गमको पानी नुहाउन मात्र नभएर पिउनसमेत योग्य रहेको दाबी गरेका छन् ।

बुधबार विधानसभालाई सम्बोधन गर्दै उनले सङ्गमको पानीको गुणस्तरमा उठाइएका प्रश्नहरूको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, “गङ्गा जी होस् वा यमुना जी, यसको वरिपरिका सबै पाइप र नालीहरूमा ट्याप लगाइएको छ र पानी शुद्धीकरण गरेपछि मात्र छोडिएको छ ।”

उनले थपे, “उत्तर प्रदेश प्रदूषण नियन्त्रण बोर्डले त्यहाँको पानीको निरन्तर निगरानी गर्छ र यसको गुणस्तर कायम राख्न काम गर्छ ।”

मुख्यमन्त्री योगीले आफ्नो रिपोर्टअनुसार सङ्गम नजिकै बीओडी (बायोकेमिकल अक्सिजन डिमान्ड) को मात्रा र घुलित अक्सिजनको मात्रा मापदण्डअनुसार रहेको बताएका छन् ।

“यसको अर्थ सङ्गमको पानी नुहाउन र पिउनको लागि पनि उपयुक्त छ ।” विपक्षीमाथि कटाक्ष गर्दै उनले भने, “यसको बारेमा गलत प्रचार गर्ने सबैले यसमा ध्यान दिनुपर्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register