दराजले घोषणा गर्‍यो ‘६.६ मेगा मिड इयर सेल’

काठमाडौं । दराज नेपालले ६.६ मेगा मिड इयर सेलको घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८०प्रतिशत सम्मको बृहत् छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको व्यवस्था गरिएको छ । यो सेल जेठ २३ गते देखि जेठ २७ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । ६.६ मेगा मिड इयर […]

Jun 5, 2025 - 07:36
 0
दराजले घोषणा गर्‍यो ‘६.६ मेगा मिड इयर सेल’

काठमाडौं । दराज नेपालले ६.६ मेगा मिड इयर सेलको घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८०प्रतिशत सम्मको बृहत् छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको व्यवस्था गरिएको छ । यो सेल जेठ २३ गते देखि जेठ २७ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

६.६ मेगा मिड इयर सेलमार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरू मा फ्ल्याट ६६ प्रतिशतसम्मको आकर्षक छुट पाउन सकिने व्यवस्था गरेको छ । जसअन्तर्गत प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आईवीबी र एंकरमार्फत ११ प्रतिशतसम्म छुट, गोल्ड ब्रान्ड नाइकमा ५०प्रतिशत सम्मको छुट र सिल्भर ब्रान्डहरू र्‍होटो र न्यानो डायपर्स मार्फत ४०प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

६.६ को विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्याश सेल अभियान रहने कम्पनीले जानकारी दिएको छ । यसमार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभ लिन सक्नेछन् ।

दराजले यसपटकको सेललाई छुटहरुका लागि अवसरका रुपमा मात्र नभई शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरु, एड टू कार्ट एण्ड विन र बाई एण्ड विनको व्यवस्था गरेको छ । यस उपहार योजनाअन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तीनका लागि आकर्षक पुरस्कारहरु प्रदान गरिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

एड टू कार्ट एण्ड विनअन्तर्गत १० हजारभन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकमध्ये ५ जना भाग्यशाली विजेताहरुको छनोट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाई ९ हजारसम्मका उपहारहरू प्रदान गरिनेछ । त्यसैगरी बाई एण्ड विनअन्तर्गत कम्तीमा  ५ हजारको सामग्री खरिद गर्ने ग्राहकमध्ये १ जना भाग्यमानी विजेतालाई ५२ हजार ५ सय बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

६.६ सेलमार्फत उपभोक्ताहरुले अझ बढी बचत गर्न सक्नुहोस् भन्ने सोचका साथ कम्पनीले आफ्ना उपभोक्ताहरु लाई बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु खोज्न नबिर्सन अनुरोध पनि गरेको छ । यसरी बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु कुनै उपभोक्ताले नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेला पारेमा र निर्धारित योग्यताको मापदण्ड पूरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बर रकम फिर्ता पाउन सक्ने कम्पनीले जनाएको छ । यसका साथै, दराजले अनलाईन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ ।

१४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लग इन गर्नुपर्ने हुन्छ । त्यसपश्चात रिटर्न/रिफन्ड बटन थिचेर रिटर्न प्रक्रिया सुरू गर्नुपर्दछ । फिर्ताको कारण उल्लेख गरी, रिटर्न शिपमेन्ट टाइप चयन गर्नुपर्ने हुन्छ । लगतै इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सक्ने कम्पनीले जनाएको छ । यस प्रक्रियालाई सजिलो बनाउन दराजले ईन्स्ट्रक्शनल भिडिओ पनि तयार पारी हेर्न र जानकारी लिनका लागि उपलब्ध गरेको छ ।

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । ई–कमर्स, ढुवानी, भुक्तानी र वित्तीय सेवा समेट्ने पूर्वाधार तयार गरी, दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा उच्च प्रविधियुक्त किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register