रास्वपाले कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी कार्यविधि बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारी र सदस्यहरूको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी कार्यविधि तयार गर्ने भएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ दिनभित्र उक्त कार्यविधि तयार पारेर पेस गर्ने निर्णय लिएको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा कार्यबाहक सभापति डीपी अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारी र सदस्यहरूको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी कार्यविधि तयार गर्ने भएको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ दिनभित्र उक्त कार्यविधि तयार पारेर पेस गर्ने निर्णय लिएको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा कार्यबाहक सभापति डीपी अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए ।
त्यस्तै, बैठकले प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, र्यापिड एक्सन टीम (र्याट) नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१, सम्पर्क विभाग नियमावली २०८१ पनि पारित गरेको छ ।
पार्टीले गर्न लागेको सर्वाङ्गीण संवादको तयारीका लागि प्रदेश समितिलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले केन्द्रीय सङ्घठन विभाग सदस्यमा कृष्णमान श्रेष्ठलाई मनोनयन गरेको छ ।
What's Your Reaction?






