ब्राजिलका राष्ट्रपतिको आरोप – ट्रम्प ‘विश्व सम्राट’ बन्ने चेष्टा गरिरहेका छन्

ब्रासिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप लगाउँदै उनलाई अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरेका छन् । उनले बिहीबार स्थानीय रेडियो स्टेसनसँगको अन्तर्वार्तामा यस्तो टिप्पणी गरेका हुन् । ‘दोस्रो विश्वयुद्धपछिको लोकतन्त्र पछिल्लो ७० वर्षको सबैभन्दा राम्रो शासनको उदाहरण बनेको छ,’ लुलाले भने, ‘तर […]

Feb 21, 2025 - 03:11
 0
ब्राजिलका राष्ट्रपतिको आरोप – ट्रम्प ‘विश्व सम्राट’ बन्ने चेष्टा गरिरहेका छन्

ब्रासिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप लगाउँदै उनलाई अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरेका छन् । उनले बिहीबार स्थानीय रेडियो स्टेसनसँगको अन्तर्वार्तामा यस्तो टिप्पणी गरेका हुन् ।

‘दोस्रो विश्वयुद्धपछिको लोकतन्त्र पछिल्लो ७० वर्षको सबैभन्दा राम्रो शासनको उदाहरण बनेको छ,’ लुलाले भने, ‘तर ट्रम्पले जसरी काम गर्नुहुन्छ, उहाँ विश्वको सम्राट बन्ने चेष्टा गरिरहनुभएको छ, उहाँ सबै देश र सबै सार्वजनिक नीतिहरूमा हस्तक्षेप गर्ने कोसिस गरिरहनुभएको छ ।’

लुलाको टिप्पणी ट्रम्पले युक्रेनका नेता भोलोदिमर जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै आक्रोश व्यक्त गरेपछि आएको हो । बुधबार मात्रै ट्रम्पले युक्रेनमाथि रुसको आक्रमणको दोष राष्ट्रपति जेलेन्स्कीमाथि थोपरेका थिए ।

वासिङ्टनले युद्ध अन्त्य गर्ने प्रयासमा रुससँग प्रत्यक्ष वार्ता गरेर किभलाई चिढ्याएको छ ।

यसबारे लुलाले विशेष उदाहरणहरू दिएनन्, तर ट्रम्पलाई ‘प्रत्येक देशको सार्वभौमिकताको सम्मान गरिनुपर्छ भन्ने महसुस गर्न’ आग्रह गरे ।

जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पसँग कुरा नगरेका लुलाले संयुक्त राज्य अमेरिका ब्राजिलका लागि महत्त्वपूर्ण व्यावसायिक साझेदार भएको भने दोहोर्‍याए । साथै उनले ‘मित्रता’का लागि आग्रह गरे ।

‘हामी यो संरक्षणवाद रोक्न चाहन्छौँ,’ उनले स्टिलजस्ता ब्राजिलका उत्पादनहरूमा वासिङ्टनले घोषणा गरेको करलाई उल्लेख गर्दै भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register