लमजुङमा बाबुको हत्या आरोपमा छोरा पक्राउ

लमजुङ।  लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा छोराले आफ्नै बाबुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ५७ वर्षीय नवराज गुरुङको हत्या अभियोगमा उनका जेठा छोरा २३ वर्षीय लु बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वैशाख ३० गते बिहान करिब ६ बजे नवराज गुरुङको शव आफ्नै घर अगाडि भेटिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय […]

May 14, 2025 - 16:11
 0
लमजुङमा बाबुको हत्या आरोपमा छोरा पक्राउ

लमजुङ। 

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा छोराले आफ्नै बाबुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । ५७ वर्षीय नवराज गुरुङको हत्या अभियोगमा उनका जेठा छोरा २३ वर्षीय लु बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वैशाख ३० गते बिहान करिब ६ बजे नवराज गुरुङको शव आफ्नै घर अगाडि भेटिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय लमजुङबाट टोली खटिएको थियो । प्रारम्भिक अनुसन्धानमा गुरुङको टाउको, आँखा र शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएकोले घटना शङ्कास्पद रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान गर्दा राति घरायसी विवादका क्रममा लु बहादुरले लाठी प्रहार गरी बाबुको हत्या गरेको बयान दिएका छन् । उनको बयान र सङ्कलित प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको हो ।

घटनासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दा दर्ता गरी उनलाई जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजकिशोर साह तेलीका अनुसार थप प्रमाण संकलन र अनुसन्धान कार्य भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register