विद्युत् प्राधिकरणको मुनाफा यथार्थपरक छैन : महालेखा

काठमाडौं । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले नेपाल विद्युत् प्राधिकरणको मुनाफा यथार्थपरक नरहेको टिप्पणी गरेको छ। बुधवार सार्वजनिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को नाफा–नोक्सान खाता यथार्थ चित्र प्रस्तुत नगरेको जनाएको हो । प्रतिवेदनले तिन वटा आधार दिँदै प्राधिकरणको नाफा वास्तविक नरहेको जनाएको छ । पहिलो, कतिपय पुँजीकृत गर्नुपर्ने सम्पत्तिलाई निर्माणाधीन सम्पत्तिमा लेखाएको । दोस्रो, स्थिर […]

May 14, 2025 - 16:09
 0
विद्युत् प्राधिकरणको मुनाफा यथार्थपरक छैन : महालेखा

काठमाडौं । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले नेपाल विद्युत् प्राधिकरणको मुनाफा यथार्थपरक नरहेको टिप्पणी गरेको छ। बुधवार सार्वजनिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ को नाफा–नोक्सान खाता यथार्थ चित्र प्रस्तुत नगरेको जनाएको हो ।

प्रतिवेदनले तिन वटा आधार दिँदै प्राधिकरणको नाफा वास्तविक नरहेको जनाएको छ । पहिलो, कतिपय पुँजीकृत गर्नुपर्ने सम्पत्तिलाई निर्माणाधीन सम्पत्तिमा लेखाएको । दोस्रो, स्थिर सम्पत्तिहरूमा ह्रास खर्च कम देखाएको । र तेस्रो, नियमनकारी निकायलाई तोकिएको सेवा शुल्कको व्यवस्था नगरेको ।

महालेखाका अनुसार, प्राधिकरणले यस आर्थिक वर्षमा क्षयीकरण खर्चबापत ५ अर्ब १६ करोड १८ लाख रुपैयाँ लेखांकन गरेको छ ।

यो खर्च विगतमा डेडिकेटेड र ट्रङ्क लाइनतर्फको बक्यौताको जरिवाना बापत आम्दानीका रूपमा बाँधिएको रकममा सरकारद्वारा गठित विभिन्न आयोगहरूको महसुल छुट सिफारिसलाई मध्यनजर गर्दै गरिएको हो ।

महालेखाले लेखांकन प्रणालीमा पारदर्शिता र जिम्मेवारी अभिवृद्धि गर्नुपर्ने सुझावसमेत प्रतिवेदनमार्फत दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register