एकीकृत समाजवादीले एमाले वा माओवादी कोहीसँग एकता गर्दैन : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलले  एमाले वा माओवादी केन्द्र कोहीसँग पनि एकता नगर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको औपचारिक बैठकअघि शुक्रबार सम्बोधन गर्दै उनले एकीकृत समाजवादी एमाले र माओवादी केन्द्रसँग एकता गर्ने भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका हुन् । ‘हाम्रो पार्टी कहिले  एमालेसँग मिल्ने भयो, कहिले  माओवादीसँग […]

Feb 21, 2025 - 07:29
 0
एकीकृत समाजवादीले एमाले वा माओवादी कोहीसँग एकता गर्दैन : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दलले  एमाले वा माओवादी केन्द्र कोहीसँग पनि एकता नगर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको औपचारिक बैठकअघि शुक्रबार सम्बोधन गर्दै उनले एकीकृत समाजवादी एमाले र माओवादी केन्द्रसँग एकता गर्ने भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘हाम्रो पार्टी कहिले  एमालेसँग मिल्ने भयो, कहिले  माओवादीसँग मिल्न जाने भयो भनेर कुप्रचार भइरहेको छ । कुनैपनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन । हामी कोहीसँग एकता गर्दैनौँ,’ उनले भने ।

दक्षिणपन्थी अवसरवादकाविरुद्धमा विद्रोह गरेर आएको पार्टीलाई अझै बलियो बनाउन सबै केन्द्रित हुनुपर्ने उनले बताए । पार्टीका आगामी दायित्वलाई पुरा गर्न मित्रहरूको खोजी गर्ने भएपनि कोहीसँग एकता नहुने नेता नेपालको भनाइ छ । ‘बामपन्थी र समाजवादी शक्तिलाई समेटेर लानुपर्ने भएकाले स्वभाविक रूपमा मित्रहरुको खोजी गर्छ । सहयोगीहरूको खोजी गर्नेछ । तर कोहीसँग एकताको कुरा भ्रममात्रै हो,’ उनले भने ।

वर्तमान सरकार साना दललाई मास्त उद्दत भएकाले त्यसका विरुद्ध सशक्त हुनुपर्ने उनले बताए । ‘दुई दलीय सरकार बहुदलीय लोकतन्त्रलाई मास्न खोज्दैछ । यसको सशक्त विरोध आवश्यक छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीलाई बलियो बनाउन अग्रसर हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘पार्टी गतिशील र सशक्त हुनसक्यो भने प्रभावकारी हुनेछ । जनतासँग भिज्न सक्यो भने शक्ति हाँसिल गर्नेछ,’ उनले थपे ।

पार्टीको महत्व र शक्ति बढाउनेगरी जनतासँग कार्ययोजना बनाएर सक्रियतापुर्वक लाग्नसमेत उनले आग्रह गरेका छन्  । उनले पार्टी सानो छ भने निराशावादी सोच अन्त्य गर्न काम गतिविधि र व्यवहार सुधार गर्न कार्यकर्तालाई निर्देशन दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register