आजदेखि अण्डाको मूल्य घट्यो

काठमाण्डौ, ९ फागुन । नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको हो । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् । मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र [...] The post आजदेखि अण्डाको मूल्य घट्यो appeared first on Jhapa Online.

Feb 21, 2025 - 07:42
 0
आजदेखि अण्डाको मूल्य  घट्यो

काठमाण्डौ, ९ फागुन । नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको हो । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् ।

मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ पर्ने भएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो ।

यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रुपैयाँ थियो । उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उहाँको भनाइ छ ।अण्डाको मूल्य ३० देखि ३५ रुपैयाँका दरले घट्यो
काठमाण्डौ, ९ फागुन । नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको हो । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् ।

मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रुपैयाँ पर्ने भएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो ।

यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रुपैयाँ थियो । उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उहाँको भनाइ छ ।

The post आजदेखि अण्डाको मूल्य घट्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register