आन्दोलनरत चिकित्सक र मन्त्रालयबीच नौ बुँदे सहमति

काठमाडौं ।  नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच नौ बुँदे सहमति भएको छ । शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र मन्त्रालयका अधिकारीहरूबिच भएको  वार्तापछि नौ बुँदे  सहमति भएको हो । मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको सहमतिसँगै सङ्घले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम शुक्रबारदेखि फिर्ता लिने सहमति भएको हो । सरकारको प्रचलित […]

Feb 21, 2025 - 13:11
 0
आन्दोलनरत चिकित्सक र मन्त्रालयबीच नौ बुँदे सहमति

काठमाडौं ।  नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच नौ बुँदे सहमति भएको छ । शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र मन्त्रालयका अधिकारीहरूबिच भएको  वार्तापछि नौ बुँदे  सहमति भएको हो ।

मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको सहमतिसँगै सङ्घले आह्वान गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम शुक्रबारदेखि फिर्ता लिने सहमति भएको हो ।

सरकारको प्रचलित नियम अनुसार इन्टर्नशीप र रेजिडेन्सीमा अध्ययनरत चिकित्सकलाई सेवा सुविधा, बिदा र स्वस्थ कार्यस्थलको सुनिश्चितताका लागि आवश्यक प्रबन्ध गर्न चिकित्सा शिक्षा आयोग लगायतका निकायहरूलाई पत्राचार गर्न मन्त्रालय सहमत भएको छ ।

संघले राखेको स्नातकोत्तर सिट सङ्ख्या थप्ने माग सम्बन्धमा यसअघि नै चिकित्सा शिक्षा आयोगको १७ औ बैठकबाट निर्णय समेत भइसकेको छ ।

यसैगरी संघले राखेको आवासीय चिकित्सकको निर्वाह भत्ता नेपाल सरकारको आठौँ तहसरह उपलब्ध गराउने विषयमा पनि आयोगको बैठकले निर्णय गरिसकेकाले कार्यान्वयनका लागि सरोकारवालासमक्ष पहल गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भेको लागि मन्त्रिपरिषद्को निर्णयबाट पूर्वस्वीकृति प्राप्त भइसकेकाले चिकित्सक एवं स्वास्थ्यकर्मीहरूको दरबन्दी थप गर्ने विषय सर्भे पुरा गरी मन्त्रिपरिषद् बैठकमा लैजाने प्रतिबद्धता जनाएको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register