सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा र ईपिएस दुवै घट्यो 

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा […]

May 13, 2025 - 05:17
 0
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा र ईपिएस दुवै घट्यो 

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा २४.०३ प्रतिशत कम हो ।

तेस्रो त्रैमासमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ३०.८२ प्रतिशतले घटेको छ । यही कारण कम्पनीको खुद नाफा पनि घटेको हो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क भने ३.१४ प्रतिशतले बढेर ३७ करोड रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानई (ईपिएस) पनि घटेको छ । यस अवधिमा कम्पनीको ईपिएस २८ रुपैयाँ ३७ पैसाबाट घटेर २१ रुपैयाँ ५५ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ ७२ पैसा छ । 

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ६८ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register