आईसीसी च्याम्पियन्स ट्रफी: दक्षिण अफ्रिकासँग अफगानिस्तान १०७ रनले पराजित

काठमाडाैं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकासँग अफगानिस्तान १०७ रनले पराजित भएको छ। ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३ ओभर ३ बलमा २०८ रनमै समेटियो । अफगानिस्तानका लागि रहमत साहले सर्वाधिक ९० रन जोडे । दक्षिण अफ्रिकाका कागिसो रबडाले तीन, वइन मुल्दार, लुंगि एन्गिडीले समान दुई/दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ […]

Feb 22, 2025 - 01:29
 0
आईसीसी च्याम्पियन्स ट्रफी: दक्षिण अफ्रिकासँग अफगानिस्तान १०७ रनले पराजित

काठमाडाैं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकासँग अफगानिस्तान १०७ रनले पराजित भएको छ। ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३ ओभर ३ बलमा २०८ रनमै समेटियो ।

अफगानिस्तानका लागि रहमत साहले सर्वाधिक ९० रन जोडे । दक्षिण अफ्रिकाका कागिसो रबडाले तीन, वइन मुल्दार, लुंगि एन्गिडीले समान दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय १५ रन बनायो । अफ्रिकाका ओपनर रायन रिकल्टनले शतक बनाए । एडेन मार्करम र कप्तान टेम्बा बमुभाले अर्धशतक बनाए ।

अफगानिस्तानका मोहम्मद नाबिले दुई तथा फैजल हक फारुकी, नुर अहमद र अजमतुल्लाह उमरजाईले समान एक/एक विकेट लिए । आजको खेल अस्ट्रेलिया र इङ्ग्ल्याण्डबीच हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register