डिपोर्ट हुने नेपालीमा एक महिलासहित सात पुरूष

काठमाडौं । अमेरिकाले ८ जना नेपालीलाई डिपोर्ट गरेको छ । डिपोर्ट हुनेमा एक महिलासहित ७ सात पुरुष छन् । विमानस्थल स्रोतकाअनुसार ३० वर्षीया महिला, २२, २३, २४ वर्षीय युवकलाई समेत नेपाल फर्काइएको छ । अमेरिकाले विमान चार्टड गरेर नेपालीलाई फर्काएको हो । उनीहरूलाई लिएर आएको विमान बुधबार बिहान अवतरण भएको थियो । उक्त विमानले एक अफ्रिकी […]

Mar 5, 2025 - 06:59
 0
डिपोर्ट हुने नेपालीमा एक महिलासहित सात पुरूष

काठमाडौं । अमेरिकाले ८ जना नेपालीलाई डिपोर्ट गरेको छ । डिपोर्ट हुनेमा एक महिलासहित ७ सात पुरुष छन् ।

विमानस्थल स्रोतकाअनुसार ३० वर्षीया महिला, २२, २३, २४ वर्षीय युवकलाई समेत नेपाल फर्काइएको छ ।

अमेरिकाले विमान चार्टड गरेर नेपालीलाई फर्काएको हो । उनीहरूलाई लिएर आएको विमान बुधबार बिहान अवतरण भएको थियो ।

उक्त विमानले एक अफ्रिकी देशको आप्रवासीलाई समेत लिएर आएको थियो । उनीहरुलाई गन्तव्यमा ओरालेर विमान नेपाल आएको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काइरहेका छन् । त्यसक्रममा यसअघि २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ ।

नेपाली आप्रवासीलाई लिएर उत्रियो अमेरिकी विमान (तस्वीरहरू)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register