ओलीलाई भैँसी गोठालो भन्नेप्रति राधिकाको कटाक्ष : मलाई केपी सरसँग बिहे गरेकोमा गर्व लाग्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी तथा प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ विमोचन भएको छ । शनिबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा शाक्यको पुस्तक विमोचन भएको हो । विमोचन कार्यक्रममा बोल्दै शाक्यले केपी ओलीलाई मन नपराउनेहरूले अन्तर्वार्ता र सामाजिक सञ्जालमा भैँसी गोठालो भन्ने गरे पनि आफूलाई उनीसँग विशेष गरेर गर्व लागेको बताइन् । “हाम्रो केपी […]

Feb 22, 2025 - 08:35
 0
ओलीलाई भैँसी गोठालो भन्नेप्रति राधिकाको कटाक्ष : मलाई केपी सरसँग बिहे गरेकोमा गर्व लाग्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी तथा प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ विमोचन भएको छ । शनिबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा शाक्यको पुस्तक विमोचन भएको हो ।

विमोचन कार्यक्रममा बोल्दै शाक्यले केपी ओलीलाई मन नपराउनेहरूले अन्तर्वार्ता र सामाजिक सञ्जालमा भैँसी गोठालो भन्ने गरे पनि आफूलाई उनीसँग विशेष गरेर गर्व लागेको बताइन् ।

“हाम्रो केपी सरलाई पहिले-पहिले ठूलै नेता भन्ने साथीहरूले पनि उहाँलाई भैँसी गोठालो, गोठालोको छोरा आदि इत्यादि भनेर इन्टरभ्यु दिएको देखेकी थिएँ । त्यतिबेला पनि मैले एक लाइन भए पनि कोरेकी थिएँ, एउटा भैँसी गोठालोसँग बिहे गरेको मलाई ठूलो गर्व लाग्छ भनेर,” विमोचन कार्यक्रममा उनले भनिन्, “यो धेरै अगाडिको कुरो हो । हिजोआज पनि मैले यस्तै यस्तै कुराहरू कमेन्टको रूपमा देख्ने गरेको छु । यसमा मेरो भनाइ के छ भन्दा, नेपाल कृषिप्रधान देश हो । यो शहर पस्नुभन्दा अगाडि धेरैले आआफ्नो खेतमा सायद जोत्ने खन्ने अथवा पशुपालन छ भने गोठालो जाने घाँस काट्ने हामी सबैले थोरबहुत यी काम गरेर आएको हुनुपर्छ ।”

केपी ओलीले आफ्नो घर आगन अथवा, खेतबारीमा गोठालो गरेको वा घाँस काटेको भए त्यसमा गर्व गर्नुपर्ने धारणा राखिन् । “कृषि भएन भने हामी के खाएर बाच्छौँ त ? सधै अरूले दिएको खाएर त हाम्रो जीवन सार्थक हुँदैन होला,” शाक्यको भनाइ छ ।

कतिपयले ओलीलाई होच्याउने र लान्छना लगाउने नाममा यस्तो शब्द प्रयोग गरेको भन्दै उनले त्यस्तो कुरामा अल्झिएर समाजलाई कुनै फाइदा नहुने बरु हानी गर्ने बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register