पोर्चुगलबाट १८ हजार विदेशीलाई देश निकाला गर्ने तयारी !

काठमाडौँ । पोर्चुगल सरकारले १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्न लागेको छ । आम चुनावका लागि पोर्चुगल सरकारले सो संख्यामा विदेशी नागरिकलाई देश निकाला गर्न लागेको हो । पोर्चुगलमा मे १८ मा हुने मध्यावधि चुनावका लागि विदेशी नागरिकलाई आफ्नो देश फिर्ता पठाउने पोर्चुगल सरकारले तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका […]

May 5, 2025 - 09:52
 0
पोर्चुगलबाट १८ हजार विदेशीलाई देश निकाला गर्ने तयारी !

काठमाडौँ । पोर्चुगल सरकारले १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्न लागेको छ । आम चुनावका लागि पोर्चुगल सरकारले सो संख्यामा विदेशी नागरिकलाई देश निकाला गर्न लागेको हो ।

पोर्चुगलमा मे १८ मा हुने मध्यावधि चुनावका लागि विदेशी नागरिकलाई आफ्नो देश फिर्ता पठाउने पोर्चुगल सरकारले तयारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पोर्चुगलमा अनियमित तरिकाले बसोबास गर्दै आएका विदेशी नागरिकहरुलाई निर्वाचनका लागि आफ्नो देश फिर्ता पठाउने तयारी गरिएको छ । उनीहरुलाई देश छोड्न आदेश दिने तयारी पोर्चुगल सरकारले थालिसकेको बताइएको छ ।

पहिलो चरणमा ४ हजार ५ सय विदेशी नागरिकहरुलाई देश छोड्न आदेश दिइने पोर्चुगल सरकारले तयारी गरेको छ । उनीहरुलाई देश छोड्न २० दिनको समय दिइनेछ । त्यसपछिका चरणमा थप विदेशी नागरिकलाई देश छोड्न आदेश दिइनेछ । यसरी पोर्चुगलमा चुनावमा लागि भन्दै देश निकालमा पर्नेहरुमा थुप्रै नेपालीहरु पनि पर्ने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register