गर्मी मौसममा स्वस्थ रहन के खाने ?

१– पानी गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन्छ । २. नरिवल पानी गर्मी मौसममा नरिवलको पानी पिउने गर्नाले शरीर।लाई [...] The post गर्मी मौसममा स्वस्थ रहन के खाने ? appeared first on Jhapa Online.

May 5, 2025 - 10:20
 0
गर्मी मौसममा स्वस्थ रहन के खाने ?


१– पानी

गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन्छ ।

२. नरिवल पानी

गर्मी मौसममा नरिवलको पानी पिउने गर्नाले शरीर।लाई शीतलता प्रदान गर्छ । यसले शरीरलाई निकै फाइदा गर्छ । यसका साथै दहीको सेवन गर्नु पनि उत्तम हुन्छ । दहीमा एन्टीबायोटिक हुन्छ जसले शरीरमा पाचन प्रक्रियालाई मजबुत बनाउन मद्दत गर्छ ।

३. फलफूल

गर्मी मौसममा मौसम अनुसारका फलफूल प्रशस्त मात्रामा खानाले शरीरलाई निकै फाइदा गर्छ । यसबाट शरीरलाई चाहिने पोषक तत्व प्राप्त हुन्छ र शरीर स्वस्थ रहन मद्दत गर्छ ।

४. चना

गर्मी मौसममा चनाको सेवन गर्नाले शरीरलाई शीतलला प्रदान गर्नुका साथै शरीरमा शक्ति पैदा गर्छ । यसको सेवनले शरीरलाई गर्मी बाट बचाउँछ ।

५. धनिया, पुदिना तथा प्याज

गर्मी मौसममा पाचन क्रियामा समस्या हुने भएकाले धनिया, पुदिना तथा प्याजको सेवन गर्नाले खाना पचाउन मद्दत गर्छ साथै यसले खानालाई स्वादिलो पनि बनाउँछ ।एजेन्सी

The post गर्मी मौसममा स्वस्थ रहन के खाने ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register