सरकार नैतिक रुपमा ढलिसक्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नैतिक रुपमा ढलिसकेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारको हरेक निर्णयमा विचौलिया हाबी भएको प्रचण्डको आरोप छ । उनले भने, “सरकार सञ्चालन संयन्त्रकै सदस्यहरुले नै प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच भनेर सार्वजनिकरुपमा नै भन्ने अवस्था सिर्जना भयो […]

May 5, 2025 - 09:25
 0
सरकार नैतिक रुपमा ढलिसक्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नैतिक रुपमा ढलिसकेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान सरकारको हरेक निर्णयमा विचौलिया हाबी भएको प्रचण्डको आरोप छ ।

उनले भने, “सरकार सञ्चालन संयन्त्रकै सदस्यहरुले नै प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच भनेर सार्वजनिकरुपमा नै भन्ने अवस्था सिर्जना भयो । महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । हरेक नियुक्ति र निर्णयमा विचौलिया हाबी छन् ।”

उनले थपे, “हिजो मैले खबरदारी गरेको थिएँ, आज त्यही कुरा तपाईंहरुको असन्तुष्टी बनेको छ । मैले भनेको थिएँ सरकार आफ्नै कुशासनले ढल्छ भनेर । प्राविधिक रुपमा सरकार देखिएपनि नैतिक रुपमा सरकार ढलिसकेकै अवस्थामा छ । तर, मेरो चिन्ता हिजो पनि थियो र आज पनि म त्यही भन्छु, सरकारको कार्यशैलीले तपाईंहरु मात्रै ढल्दै हुनुहुन्न, त्यसबाट लोकतन्त्रमाथि नै प्रहार पनि भइरहेको छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register