च्याम्पियन्स ट्रफी : कोहलीको शतकमा भारतको लगातार दोस्रो जित
काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानमाथि लगातार दोस्रो जित हासिल गरेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतवार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनकोलक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ सय रन […]

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानमाथि लगातार दोस्रो जित हासिल गरेको छ ।
युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतवार भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको २ सय ४२ रनकोलक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ सय रन जोडे । उनले १ सय ११ बलको सामना गर्दै ७ चौका प्रहार गरे । यस्तै अय्यरले ६७ बलमा ५ चौका र १ छक्का सहित ५६ रन जोडे । शुभमन गिल ४६ तथा कप्तान रोहित शर्मा २० रनमा आउट भए ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ सय ४१ रनमा समेटियो पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे । उनले ७६ बलमा ५ चौका प्रहार गरे भने कप्तान रिजवानले ७७ बलमा ३ चौकाको सहयोगमा ४६ रन जोडे ।
खुसदिल साह ३९ बलमा ३८ तथा ओपनर बाबर अजाम २३ रनमा आउट भए । अर्का ओपनर इमाम उल हक १० तथा नसिम साह १४ रनमा आउट भए । यस्तै हरिस रउफले ८ रन जोडे ।
भारतका लागि कुलदिप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए ।
भारतले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । फाइनल खेल फागुन २५ (९ मार्च) मा हुनेछ ।
What's Your Reaction?






