कुर्स्कका बासिन्दालाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको छ : रुस

मस्को । युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले किएभ र रेडक्रससँग सम्झौता गरेको रुसी अधिकार आयुक्तले सोमबार बताएका छन् । युक्रेनले छ महिनाअघि रुसी क्षेत्रमा आकस्मिक सीमापार आक्रमण गरेको थियो, जसमा दर्जनौँ गाउँ कब्जा गरी धेरै रुसी नागरिकलाई युद्धको रेखाको विपरीतपट्टि समातेको थियो । रुसी अधिकार आयुक्त तत्याना मोस्काल्कोभाका अनुसार ती बासिन्दामध्ये […]

Feb 24, 2025 - 15:28
 0
कुर्स्कका बासिन्दालाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको छ : रुस

मस्को । युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले किएभ र रेडक्रससँग सम्झौता गरेको रुसी अधिकार आयुक्तले सोमबार बताएका छन् ।

युक्रेनले छ महिनाअघि रुसी क्षेत्रमा आकस्मिक सीमापार आक्रमण गरेको थियो, जसमा दर्जनौँ गाउँ कब्जा गरी धेरै रुसी नागरिकलाई युद्धको रेखाको विपरीतपट्टि समातेको थियो ।

रुसी अधिकार आयुक्त तत्याना मोस्काल्कोभाका अनुसार ती बासिन्दामध्ये केही अहिले युक्रेनको छिमेकी सुमी क्षेत्रमा पुगेका छन् र बेलारुस हुँदै उद्धारको प्रतीक्षामा छन् ।

“आज सुमीमा पहिले नै रहेका मानिसहरू छन् र त्यहाँ रेडक्रस र युक्रेनी पक्षसँग उनीहरूलाई बेलारुस हुँदै रुस लगिने बारे एउटा सम्झौता भएको छ”, रुसको आरआइए समाचार एजेन्सीका अनुसार मोस्काल्कोभाले भनिन् ।

मोस्काल्कोभाले सम्झौताअन्तर्गत कति कुर्स्क बासिन्दाहरूलाई खाली गरिनेछ भनेर केही बताईनन् ।

रुसी अधिकारीहरूले सङ्कलन गरेको बेपत्ता व्यक्तिहरूको आधिकारिक सूचीमा सुरुमा युक्रेनी–अधिकृत क्षेत्रमा करिब पाँच सय जना मात्र बेपत्ता भएको रेकर्ड गरिएको थियो तर स्थानीय बासिन्दाहरूले यो सङ्ख्या तीन हजार नजिक रहेको बताएका छन् ।

सन् २०२२ फेब्रुअरी २४ मा आक्रमण सुरु भएदेखि मस्कोले आक्रमण गरी कब्जा गरेको क्षेत्रमा आफ्ना हजारौँ नागरिक राखिएको र उसले कुर्स्क क्षेत्रमा रुसीहरूलाई सुरक्षित मार्ग प्रदान गरिरहेको युक्रेनले बताएको छ । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register