बीमाभित्रको जालझेल बुझेका पत्रकार प्राधिकरणको अध्यक्ष बनेपछि आधा दर्जन बीमा कम्पनीमा ‘रुवाबासी’, सूर्यज्योतिका कर्मचारी विरोध अभियानमा !  

काठमाडौँ । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले नयाँ नेतृत्व पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको हो ।  अर्थमन्त्री विष्णु पौडेलेको प्रस्तावमा अध्यक्षका लागि सिफारिसमा परेका तीन जना (शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौला) मध्ये प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याबिनेटले पूर्व पत्रकारसमेत रहेका ओझालाई आगामी चार […]

Feb 25, 2025 - 06:44
 0
बीमाभित्रको जालझेल बुझेका पत्रकार प्राधिकरणको अध्यक्ष बनेपछि आधा दर्जन बीमा कम्पनीमा ‘रुवाबासी’, सूर्यज्योतिका कर्मचारी विरोध अभियानमा !  

काठमाडौँ । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले नयाँ नेतृत्व पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको हो । 

अर्थमन्त्री विष्णु पौडेलेको प्रस्तावमा अध्यक्षका लागि सिफारिसमा परेका तीन जना (शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौला) मध्ये प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याबिनेटले पूर्व पत्रकारसमेत रहेका ओझालाई आगामी चार वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

३३ वर्षीय ओझा पूर्व पत्रकारसँगै कानून व्यवसायी पनि हुन् । लामो समय पत्रकारिता गरेका ओझाले बीमा क्षेत्र बुझेका मात्र छैनन्, बरु बीमाभित्र भएका व्यथिति र जालझेलका बारेमा पनि राम्रैसँग जानकार छन् । 

एक त खबरदारी गर्ने ‘स्कुलिङ’ पाएको र अर्कोतर्फ खबरदारी गर्नुपर्ने विषयमा राम्रोसँग जानकार भएकै कारण ओझाको कार्यकालमा गलत गर्ने बीमा कम्पनीमाथि नियमकीय डन्डा चल्ने निश्चित छ । 

यही तथ्य बुझेका आधा दर्जन बीमा कम्पनीमा अहिले ‘रुवाबासी’ चलेको छ । यतिसम्म बीमा कम्पनीकै कर्मचारीहरुले प्राधिकरणको अध्यक्षमा ओझाको नियुक्तिको विरोध गर्दै अभियान नै चलाइरहेको समेत पाइएको छ । उनीहरु ओझाको नियुक्तिका विषयलाई लिएर अदालत जाने तयारी गरेको समेत बुझिएको छ । 

अझ सूर्यज्योतिका केही कर्मचारीहरु खुलेरै ओझाको विरोध गर्ने काममा संलग्न छन् । यो काममा शर्मा थरका एक कर्मचारीले नेतृत्व लिइरहेका छन् । यद्यपि यो काम संस्थाले नै लगाएको हो वा उनको व्यक्तिगत काम हो भन्ने तथ्य बाहिर आइसकेको छैन । कम्पनीका सूचना अधिकारी उमेश मैनालीले भने आफूलाई सूर्यज्योतिको कर्मचारीजस्तो देखाएर ओझाको विरोध गरिरहेका शर्मा आफ्ना कर्मचारी नरहेको दाबी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register