पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । महाशिवरात्रिका अवसरमा आज (बुधबार) बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान २ बजे नै पशुपतिका चार ढोका खुला गरिएपछि पूजाअर्चना गर्न श्रद्धालुको भीड लागेको हो । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । यस वर्ष १० […]

Feb 26, 2025 - 01:06
 0
पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । महाशिवरात्रिका अवसरमा आज (बुधबार) बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान २ बजे नै पशुपतिका चार ढोका खुला गरिएपछि पूजाअर्चना गर्न श्रद्धालुको भीड लागेको हो ।

भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

सुरक्षाका लागि आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ ।

पशुपति दर्शनमा आउनेलाई प्रहरीको अनुरोध : महँगा गहना लगाएर नआउनू, चोरी हुन सक्छ

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register