ढकाल बन्धुको महायज्ञमा एकैदिन १३ जनाको सामूहिक ब्रतवन्ध, २ जनाको गुन्युचोली

चन्द्र बस्नेतकनकाई, १४ फागुन । विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा जारी ढकाल बन्धुको महायज्ञमा एकै दिन १३ परिवारको सामुहिक वर्तमान तथा २ परिवारको गुन्युचोली गरिएको छ। गत अघिल्लो आइतबार बाट भोलि १५ गते बिहीवार सम्म समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ जारी छ। [...] The post ढकाल बन्धुको महायज्ञमा एकैदिन १३ जनाको सामूहिक ब्रतवन्ध, २ जनाको गुन्युचोली appeared first on Jhapa Online.

Feb 26, 2025 - 01:07
 0
ढकाल बन्धुको महायज्ञमा एकैदिन १३ जनाको सामूहिक ब्रतवन्ध, २ जनाको गुन्युचोली

चन्द्र बस्नेत
कनकाई, १४ फागुन ।
विश्वशान्तिको पवित्र उद्देश्यका साथ झापाको कनकाई नगरपालिका–४ स्थित कोटीहोममा जारी ढकाल बन्धुको महायज्ञमा एकै दिन १३ परिवारको सामुहिक वर्तमान तथा २ परिवारको गुन्युचोली गरिएको छ। गत अघिल्लो आइतबार बाट भोलि १५ गते बिहीवार सम्म समाजको आयोजनामा ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवम् ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ जारी छ। जसमा १३ गते मंगलबार महायज्ञमा १३ परिवारको सामुहिक वर्तमान र २ परिवारको गुन्युचोली गरिएको ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम ढकालले जानकारी दिनुभयो ।

ढकाल सहित अन्य माहानुभावहरुको पनि वर्तमान तथा गुन्युचोली गरिएको बताएको छ । आर्थिक अवस्था कम भएका हरुको निशुल्क वर्तमान तथा गुन्युचोली गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो । जारी महायज्ञमा १३ गते मंगलबार एकैदिन ३ हजार बढी भक्तजन सहभागी भएको आयोजक परिवारले जानकारी समेत दिएको छ । मंगलबार पुर्व राजदुत देखि छिमेकी भारतको सिकिम सरकारका मुख्य मन्त्रीका सल्लाहकार समेत सहभागी भएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

महायज्ञमा मंगलबार कतार देशकी पुर्व राजदूत माया कुमारी शर्मा (ढकाल) अर्थशास्त्रीविद् देवीभक्त ढकाल , सुदा समाज सुर्खेतका अध्यक्ष नन्दलाल ढकाल, अछाम जिल्ला कमल बजार नगरपालिका उद्योग वाणिज संघका अध्यक्ष कृष्णप्रसाद ढकाल, ढकाल वश महासंघका अध्यक्ष स्याम ढकाल ,भारतको सिकिम सरकारका मुख्य मन्त्रीका सल्लाहकार टेकनाथ ढकाल , सिकिम राज्यका पुर्व स्वास्थ्य मन्त्री डा।मनिकुमार शर्मा,डा।जजमान गुरुङ ,सिकिम राज्यका पुर्व कमिस्नर एवंम सूचना आयुक्त चेवन्नाथ ढकाल, अछाम जिल्ला कमल बजार नगरपालिका ढाकुका मेयर यज्ञ प्रसाद ढकाल सहित विभिन्न प्रतिष्ठित व्यक्तिहरुको समेत सहभागिता रहेको थियोे ।

महायज्ञमा मुख्य कथा वाचकमा पुराणाचार्य पन्डित दुर्गा प्रसाद ढकाल तथा उपवाचकमा व्यासचार्य डेगनाथा ढकाल रहनुभएको छ। विश्वभर छरिएर रहेका ढकाल बन्धुहरुको सहयोगमा जारी महायज्ञमा सहभागी भएर पूण्य आर्जन गर्न अध्यक्ष डिल्लीराम ढकालले आग्रह गर्नुभयो ।

देशभर १७ वटा ढकाल बन्धुका संस्था दर्ता रहेको र हालसम्म ढकाल बन्धुहरुको २५ पुस्तासम्म रहेको विवरण संकलित भएको उहाँले बताउनुभयो । सरकारले २०८२ साललाई पर्यटन वर्षको रुपमा मनाउने लागेको र देशभरका ८२ वटा गन्तव्यमध्ये कोटिहोम पनि एउटा रहेकाले यहाँको धार्मिक पर्यटनलाई प्रबद्र्धनमा समेत महायज्ञले टेवा मिल्ने उहाँले विश्वास गरिएको छ ।

महायज्ञमा भारत, भुटान, अमेरिका, अस्ट्रेलिया लगायत विश्वभर रहेका ढकाल बन्धुहरुको सहभागिता रहेकोे अध्यक्ष ढकालले बताउनुभयो । फागुन १५ गते विश्राम, पूर्णाहुती, समापन, तिलक प्रसाद वितरण एवं सम्मान कार्यक्रम गरी अनुष्ठान सम्पन्न गरिनेछ। महायज्ञमा सहभागी भई पुन्य कमाउन आयोजक परिवारले आग्रह समेत गरेको छ।

यसैबीच सिकिम राज्यका पुर्व कमिस्नर एवंम सूचना आयुक्त चेवन्नाथ ढकालले कनकाई ४ स्थित कोटिहोममा रहेको बन्धुको भवन परिषरमा उपमन्यु ऋषिका सन्तानका रुपमा रहेका ढकाल बन्धुहरुका लागि उपमन्यु ऋषिको शालिक निर्माण गरिदिने घोषणा गर्नुभएको छ।अबको केहीदिन भित्रमा नै उपमन्यु ऋषिको शालिक निर्माण गरिदिने घोषणा गर्नुभएको हो।

त्यस्तै अन्य दाता परिवारले समेत भवनको दोस्रो तला निर्माणका लागी आर्थिक सहयोग र भवन परिषरमा विभिन्न मुर्ति तथा शालिक निर्माण गर्नकालागी पनि नगद समेत जुट्न सुरुभएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

The post ढकाल बन्धुको महायज्ञमा एकैदिन १३ जनाको सामूहिक ब्रतवन्ध, २ जनाको गुन्युचोली appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register