पूर्वमन्त्री आलेबाट ५१ हजार सहयोग

काठमाडौँ। प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले दोस्रो अल्टिट्युड रनिङ कप फुटबल प्रतियोगिता–२०८१ का लागि व्यक्तिगत रूपमा ५१ हजार नगद सहयोग प्रदान गरेका छन् । सुनसरीको रामधुनी नगरपालिकामा जारी उक्त फुटबल प्रतियोगितामा आज अतिथिका रूपमा उपस्थित भएका पूर्वमन्त्री आलेले खेलकुदको प्रवद्र्धन तथा खेलाडीहरूको हौसला अभिवृद्धिका लागि सो रकम प्रदान गरेका हुन् । प्रतियोगिताका आयोजक […]

Feb 27, 2025 - 15:03
 0
पूर्वमन्त्री आलेबाट ५१ हजार सहयोग

काठमाडौँ।

प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले दोस्रो अल्टिट्युड रनिङ कप फुटबल प्रतियोगिता–२०८१ का लागि व्यक्तिगत रूपमा ५१ हजार नगद सहयोग प्रदान गरेका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा जारी उक्त फुटबल प्रतियोगितामा आज अतिथिका रूपमा उपस्थित भएका पूर्वमन्त्री आलेले खेलकुदको प्रवद्र्धन तथा खेलाडीहरूको हौसला अभिवृद्धिका लागि सो रकम प्रदान गरेका हुन् । प्रतियोगिताका आयोजक अल्टिट्युड क्लबका अध्यक्ष पिताम्बर तिमिल्सिनाले उक्त जानकारी दिए ।

“हामीले माननीय पूर्वमन्त्री आले ज्युलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेका थियौँ । उहाँले खेलाडीहरूको उत्साह बढाउन र फुटबलको विकास गर्न रु ५१ हजार सहयोग प्रदान गर्नुभयो । यसका लागि हामी उहाँप्रति हृदयदेखि नै आभार प्रकट गर्दछौँ,” अध्यक्ष तिमिल्सिनाले भने ।

यही फागुन ८ गतेदेखि सुरु भएको दोस्रो अल्टिट्युड रनिङ कप फुटबल प्रतियोगिता फागुन १७ गतेसम्म चल्ने जनाइएको छ । रामधुनी नगरपालिका–७ स्थित रामधुनी पञ्चायन खेलमैदानमा भइरहेको यस प्रतियोगितामा आज आयोजक अल्टिट्युड फुटबल क्लब र लेटाङ बीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको वडाध्यक्ष केशव गौतमले जानकारी दिए ।

उक्त खेलमा प्रथम हुने टिमलाई २ लाख २२ हजार २२२, सहित ट्रफि १५ तोला चाँदी, द्धितिय हुने टिमलाई १ लाख ११ हजार १११ तथा म्यानअफ द म्याचलाई प्रत्येक दिन २ हजार पाँच सय प्रदान गरिने आयोजक कल्बका अध्यक्ष तिमिल्सिनाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register