नेपालमा पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजोे एकै व्यक्तिमा प्रत्यारोपण सफल

काठमाडौं।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र   कलेजो प्रत्यारोपण नेपाली विज्ञहरुबाटै एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेर इतिहास रच्न  सफल भएको छ । संसारकै सबै भन्दा जटिल शल्यक्रिया मध्येको उक्त कार्य संसारमै बिरलै हुने गरेको छ । अर्को मिर्गौला एक ४२ वर्षिया महिलामा प्रत्यारोपण गरिएको छ । प्रत्यारोपित व्यक्तिहरुले […]

May 25, 2025 - 16:31
 0
नेपालमा पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजोे एकै व्यक्तिमा प्रत्यारोपण सफल

काठमाडौं। 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र   कलेजो प्रत्यारोपण नेपाली विज्ञहरुबाटै एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेर इतिहास रच्न  सफल भएको छ । संसारकै सबै भन्दा जटिल शल्यक्रिया मध्येको उक्त कार्य संसारमै बिरलै हुने गरेको छ । अर्को मिर्गौला एक ४२ वर्षिया महिलामा प्रत्यारोपण गरिएको छ । प्रत्यारोपित व्यक्तिहरुले स्वास्थ्य लाभ गरिरहेका छन् भने केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेको छन् । 

काठमाडौँ मेडिकल कलेज, सिनामंगल, काठमाडौँमा  मिति २०८१।०२।०१ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट दुई मृर्र्गाैला र एक कलेजो प्राप्त भएको प्रत्यारोपण केन्द्रमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाएको हो । 

उक्त अङ्गदान कार्य सफल गर्नका लागि सोही अस्पतालका सञ्चालक सुनिल शर्मा, सर्जन डा रोशन घिमिरे, नेफ्रोलोजिष्ट डा. सुरेश महर्जन, एनेस्थेसियोलोजिष्ट डा विजय के.सी., पोष्ट मार्टम विशेषज्ञ डा. आहना श्रेष्ठ, लगायतबाट सकरात्मक सहयोग प्राप्त भएको थियो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान जस्तो पवित्र कार्यलाई थप प्रोत्साहान प्रदान गर्न अंगदाताको परिवारलाई आर्थिक सहयोग वृद्धि गरी  २ लाख तथा अंगदाता अस्पताललाई  ७५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको एक महिना नबित्दै अंगदान हुनुले यस कार्यले अब गति लिने विस्वास गरिएको अस्पतालको दाबी छ ।

प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रयारोपणमा कलेजो तर्फ   डा.रोशन घिमिरे र डा प्रवीण महर्जनले सघाउनु भएको थियो भने मिर्गौला तर्फ डा  दिपेश श्रेष्ठ, डा रुपेश कुमार झा, डा हरि प्रसाद बराल, डा रोजन अधिकारी डा विकास खड्का लगायतले सघाउनु भएको थियो । एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा रेखा श्रेष्ठ, लगायतले सहयोग गर्नुभएको थियो ।  

यसैगरी नेफ्रोलोजी विभागबाट डा.कल्पना कुमारी श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा सन्तोष सुवेदी डा रुबश नाथ योगी र डा.विक्रमवीर बज्राचार्य सहभागी हुनुहुन्थ्यो भने रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी डा.जस्मिन जोशी, डा. हितेश रायमाझी, डा सुधिर जोशी, डा जी एलिनले कार्य गर्नु भएको थियो । प्याथोलोजि विभागबाट डा.सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे, कार्डियोलोजी विभागबाट डा प्रवेश न्यौपाने, डा किसन कुमार कुशवाह, डा. सचिन लामिछाने, पल्मनोलोजी विभागबाट डा राजेश किशोर यादव, ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा. बादल महर्जन, डा निरु शर्मा,  तारा साँध, सरु कोजु, बन्दना खत्रीले समन्वय गर्नु भएको थियो भने नर्सिङ विभागबाट निर्देशक पुजा कोइराला, इन्चार्जहरु अस्मिता कटुवाल, बबिता लवजु, अनिता कार्की, निरु सुवाल, मीना खर्वुजा, एलिसा श्रेष्ठको टिमले सघाएको थियो । उपसचिव राम प्रसाद आचार्य, लेखा अधिकृत जय कुमार कटुवाल, शाखा अधिकृत हरिहर पोख्रेल, फोकल पर्सन गौरव पन्थ तथा राम चन्द्र पौडेलले व्यवस्थापकीय जिम्मेवारी निभाएका थिए । 

कलेजो प्रत्यारोपण 

केन्द्रले नेपालको इतिहासमा वि सं २०७३ मंशीर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरेको हो भने नेपाली टोलीबाट नेपालकै पहिलो कलेजो प्रत्यारोपण डा पुकारको नेतृत्वमा २०७५ कार्तिक १२ गते भएको हो र हाल सम्म देशको सबै भन्दा धेरै (३४ जना) र संभवतः संसारकै सबै भन्दा सस्तो मुल्यमा (रु १५ देखि २० लाख) केलेजो प्रत्यारोपणमा गर्ने गरेको छ । ३ वर्षको बालक देखी ६८ वर्ष सम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भइ सकेको डा.श्रेष्ठले जानकारी गराउँनुभयो । 

मस्तिष्क मृत्यु पश्चात् प्राप्त कलेजो र मिर्गौला एकै व्यक्तिमा प्रत्यारोपण गर्नु हुँदै डा. पुकार चन्द्र श्रेष्ठ 

मस्तिष्क मृत व्यक्तिबाट अंगदान र प्रत्यारोपण :

डा. पुकारको नेतृत्वमा देशमै पहिलो पटक मिति २०७४ बैशाख २८ गते मस्तिष्क मृत व्यक्तिबाट दुई मिर्गौला प्रत्यारोपण  गरिएको थियो । तत्पश्चात हालसम्म ६ जना व्यक्तिबाट १२ जनाको मिर्गौला र ४ जनाको कलेजो गरी जम्मा १५ जनाको प्रत्यारोपण भएको छ । 

नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन ४ देखि ६ जनाको मृत्यु हुने गर्दछ र काठमाडौँ उपत्यकामा मात्रै वार्षिक करिब १ हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमान गरिएको छ । एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ जना सम्मले पुर्नजीवन पाउन सक्दछ ।  जसमा दुई मिर्गौला , दुई फोक्सो, एक कलेजो,  एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्र गरी ८ जानाले पुर्नजीवन पाउन सक्दछन । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडाको बाबजुद पनि अरु व्यक्तिको जीवन बचाउनको लागि अंगदान गर्ने मञ्जुरी दिनु भन्दा ठूलो महादान के हुन सक्दछ र ?

२०६८ साल फागुन महिनामा स्थापना भएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले डायलासिस सेवाको आरम्भ हुँदै मिर्गौला प्रत्यारोपण कलेजो प्रत्यारोपमा सफलता हासिल गरेको छ ।

-स्थापना २०६८ फगुन (२०१२ फेब्रेवरी)

-डायलाइसिस सेवा आरम्भ २०६९ कार्तिक २७ ९२०१२ नोभेम्बर १२०

-मृगौला प्रत्यारोपण आरम्भ २०६९ माघ ६ ९२०१३ जनवरी १९०

-निःशुल्क डायलासिस सेवा आरम्भ २०६९ चैत्र १६ ९२०१३ मार्च २९०

-मानब अंग प्रत्यारोपण ऐन २०७२ फागुन १३ ९२०१६ फेब्रुवरी २५०

-देशकै पहिलो पियर एक्सचेन्ज मिर्गौला प्रत्यारोपण २०७३ श्रावण १२ ९२०१६ जुलाई २७०

-कार्डियाक सर्जरी २०७३ मंसिर २ ९२०१६ नोबेम्बर १७०

-मानव शरीरको अंग प्रत्यारोपण नियमावली २०७३ मंसिर १६ ९२०१६ डिसेम्बर १०

-देशकै पहिलो पहिलो कलेजो प्रत्यारोपण २०७३ मंसिर २२ ९२०१६ डिसेम्बर ७०

-देशकै पहिलो निःशुल्क मिर्गौला प्रत्यारोपण २०७४ बैसाख २ ९२०१७ अप्रिल १५० 

-देशकै पहिलो मष्तिस्क मृत्यु भएकोबाट मिर्गौला प्रत्यारोपण २०७४ बैसाख २८ ९२०१७ मे ११०

-देशकै पहिलो मष्तिस्क मृत्यु भएकोबाट कलेजो प्रत्यारोपण २०७५ कार्तिक १२ ९२०१८ अक्टोबर २९०

-एक वर्षे प्रत्यारोपण फेलोसिप कार्यक्रम सञ्चालन २०८१ फागुन २८ (२०२५ मार्च १२)

-मष्तिस्क मृत अंगदातावाट प्राप्त मिर्गौला र कलेजो २०८२ जेष्ठ १ (२०२५ मे १५)

देशमै पहिलो पटक एकै व्यक्तिमा सफल प्रत्यारोपण 

-देशको सबैभन्दा धेरै मिर्गौला (१४२१)  र कलेजो (३४) प्रत्यारोपण

समन्वय इकाईको व्यवस्था :

नेपाल सकारले मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान र प्रत्यारोपणको लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरलाई समन्वय इकाइ तोकेको  छ । उक्त इकाइका राष्ट्रिय संयोजक डा कल्पना कुमारी श्रेष्ठले अंग दान र अंग प्रत्यारोपण कार्य सरकारी ऐन नियम बमोजिम पारदर्शी ढंगले हुने भएको हुँदा यस कार्यमा सबैको सहयोगको लागि आहवन गर्नु भयो । अंग फेल भएका व्यक्तिहरु अंग प्राप्त गर्नका लागि समन्वय इकाइमा सम्पर्क राखी प्रतीक्षाको सूचीमा आफ्नो नाम लेखाउन र ३÷३ महिनामा अद्यावधिक गर्न आग्रह गर्नु भयो  । आफ्नो मृत्यु पश्चात् अंग दान गर्न चाहने जो सुकैले घरमा बसी बसी अनलाईन मार्फत वा मोवाइल एम्स बाट फारम भर्न सकिने  तथा भौतिक रुपमा केन्द्रमा आई अंगदान सम्बन्धी मञ्जुरीनामा दर्ता गर्ने व्यवस्था समेत मिलाइको छ ।  

प्रत्यारोपण सेवा विस्तारमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको भूमिका र आवश्यकता :

देशको सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजना बनाएको यस केन्द्रले चार वटा प्रदेशमा प्रत्यारोपण सेवा शुरु गरि सकेको ( बागमती, गण्डकी, कर्णली, लुम्बिनी.) र बाँकी तीन वटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको जानकारी गराईयो । तर प्रत्याारोण सेवा विस्तारका लागि आवश्यक विशेषज्ञ जनशक्ति उत्पादन गर्न केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा विलम्ब भइ रहेको छ भने उपयुक्त जग्गाको प्राप्त नहुँदा केन्द्र आफ्नै स्रोतबाट ३ सय देखि ५ सय बेड क्षमताको भवन बनाउने योजना अलपत्र परेको छ डा.श्रेष्ठले भन्नुभयो । केन्द्रले भक्तपुर इट्टा टायल कारखाना रहेको उद्योग मन्त्रालय मातहतको जग्गा ( लिज डेढ वर्ष अघि नै समाप्त भईसकेको), सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालको जग्गा मध्ये कुनै एक ठाउँको जग्गा प्राप्ती गर्न गरेको पहल हाल सम्म साकार हुन नसकेको बताउनुभयो । 

एकै व्यक्तिमा मस्तिष्क मृत व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण नेपाली टोलीबाटै सफल हुनाले चिकित्सा क्षेत्रले ठूलो फड्को मार्न सम्भब भएको छ । अंग फेल भएका गरीब नेपाली जनताको ज्यान बचाउन शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आफ्नै एक इन्च पनि भवन नभएको, उपलब्ध भवन अत्यन्तै साँघुरो भएको तथा केन्द्र आफैंले ३ सय बेडको भवन बनाउन सक्षम रहेको हुँदा उपयुक्त जग्गा तत्काल उपलब्ध गराउनको लागि नेपाल सरकार सँग जोडदार माग गर्दछ । मस्तिष्क मृत्यु पश्चातको अंगदान र प्रत्यारोपण संसारमै कठिनताका साथ स्थापित हुँदै गएको हुँदा यस सम्बन्धी व्यापक जनचेतना अभिवृद्धि गर्न सकिएमा पश्च्चिमा मुलुकमा जस्तै नेपालमा पनि ८० प्रतिशत भन्दा बढी प्रत्यारोपण मस्तिष्क मृत्यु पश्चात् हुने अंगदानबाट हुन सक्दछ र देश अंग प्रत्यारोपण्मा आत्म निर्भर हुन सक्दछ । 

पत्रकार सम्मेलनमा यो अवस्थामा आइपुग्न सघाउने सम्पूर्ण निकायलाई धन्यवाद दिनुका साथै दाता र परिवारलाई विशेष धन्यवाद दिईएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register