सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पत्रकार महासंघले सुटुक्क हटायो छात्रवृत्ति सम्बन्धी सूचना
काठमाडौं । नेपाल पत्रकार महासंघले पोलिगन कलेजसँगको छात्रवृत्ति सम्झौतासम्बन्धी सूचना हटाएको छ । महासंघले आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भन्दै बिहीबार सूचना सार्वजनिक गरेको थियो । तर, सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि महासंघले कुनै आधिकारिक जानकारी नै नदिई उक्त सूचना हटाएको हो । सूचनामा सात जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिने उल्लेख थियो । यसमध्ये दुई महिलाले साढे ५० हजार रुपैयाँ तिर्नुपर्ने र बाँकी पाँच जनाले कलेजले तोकेको तीन लाख रुपैयाँको आधा मात्र ...

What's Your Reaction?






