बीमा सूचना केन्द्र स्थापनाको बाटो खुल्यो, बीमा क्षेत्रमा ठगी गर्नेलाई कालोसूचीमा राख्न मिल्ने ! 

काठमाडौँ । बीमा सूचना केन्द्र स्थापना गर्ने बाटो खुला भएको छ । सरकारले बीमा नियमावली, २०८१ मा बीमा सूचना केन्द्र सञ्चालनको व्यवस्था गरेसँगै केन्द्र स्थापनाको बाटो खुला भएको हो ।  यसो त बीमा सूचना केन्द्रको प्रावधान यसअघि नै बीमा ऐन, २०७९ मा समावेश गरिएको थियो । तर, सञ्चालनको मोडालिटीबारे स्पष्ट व्यवस्था नहुँदा केन्द्रको स्थापना गर्ने […]

Feb 28, 2025 - 12:07
 0
बीमा सूचना केन्द्र स्थापनाको बाटो खुल्यो, बीमा क्षेत्रमा ठगी गर्नेलाई कालोसूचीमा राख्न मिल्ने ! 

काठमाडौँ । बीमा सूचना केन्द्र स्थापना गर्ने बाटो खुला भएको छ । सरकारले बीमा नियमावली, २०८१ मा बीमा सूचना केन्द्र सञ्चालनको व्यवस्था गरेसँगै केन्द्र स्थापनाको बाटो खुला भएको हो । 

यसो त बीमा सूचना केन्द्रको प्रावधान यसअघि नै बीमा ऐन, २०७९ मा समावेश गरिएको थियो । तर, सञ्चालनको मोडालिटीबारे स्पष्ट व्यवस्था नहुँदा केन्द्रको स्थापना गर्ने काम रोकिएको थियो । तर, हाल सरकारले बीमा सूचना केन्द्रबारे सरकारले स्पष्ट व्यवस्था गरेसँगै केन्द्र स्थापनाको बाटो खुला भएको छ । 

योसँगै अब बीमा सूचना केन्द्र स्थापना र सञ्चालनको प्रक्रिया अघि बढाउने तयारी रहेको बीमा प्राधिकरणका उच्च अधिकारीले बताएका छन् । केन्द्रको स्थापनासँगै बीमा क्षेत्रमा ठगी गर्ने, जालसाजी गर्ने तथा कीर्ते लगायतका अपराध गर्नेहरुलाई कालोसूचीमा राख्न सकिनेछ । 

नियमावलीमा केन्द्रलाई बीमा सम्बन्धी आवधिक प्रतिवेदन बनाउने, बीमा सम्बन्धी आवश्यक तथ्यांक संकलन गर्ने लगायतका जिम्मेवारी तोकिएको छ । बिमकले आवश्यक विवरण, सूचना तथा जानकारी केन्द्रलाई उपलब्ध गराउनुपर्ने प्रावधान पनि नियमावलीमा उल्लेख छ । बीमा सूचना केन्द्रले कर्जा सूचना केन्द्रले जसरी नै काम गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register