ह्वाइट हाउसमा जेलेन्स्कीलाई प्रश्न- के तपाइँसँग सुट छैन ?

काठमाडौँ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कपडालाई लिएर प्रश्न गरिएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको बहस हुनुभन्दा अघि जेलेन्स्कीलाई उनको कपडाबारे एक पत्रकारले प्रश्न गरेका थिए। ‘तपाईं किन सुट लगाउनुहुँदैन? के तपाईंसँग सुट छ? धेरै अमेरिकीहरूले तपाईंलाई राष्ट्रपति कार्यालयको गरिमाको सम्मान नगरेको गुनासो गरेका छन्’, उनलाई प्रश्न गरिएको […]

Mar 1, 2025 - 07:30
 0
ह्वाइट हाउसमा जेलेन्स्कीलाई प्रश्न- के तपाइँसँग सुट छैन ?

काठमाडौँ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कपडालाई लिएर प्रश्न गरिएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको बहस हुनुभन्दा अघि जेलेन्स्कीलाई उनको कपडाबारे एक पत्रकारले प्रश्न गरेका थिए।

‘तपाईं किन सुट लगाउनुहुँदैन? के तपाईंसँग सुट छ? धेरै अमेरिकीहरूले तपाईंलाई राष्ट्रपति कार्यालयको गरिमाको सम्मान नगरेको गुनासो गरेका छन्’, उनलाई प्रश्न गरिएको थियो।

यसको जवाफमा जेलेन्स्कीले भने, ‘युद्ध समाप्त भएपछि म यस्तै लुगा लगाउनेछु। सायद तपाईंहरूको जस्तै केही, सायद केही राम्रो, सायद केही सस्तो।’

यो प्रश्न दक्षिणपन्थी मिडिया नेटवर्क रियल अमेरिकाज भ्वाइसका राष्ट्रपति भवनका प्रमुख संवाददाता ब्रायन ग्लेनले जेलेन्स्कीलाई सोधेका थिए।

जेलेन्स्कीले सामान्यतया युक्रेनको विशिष्ट प्रतीक अंकित स्वेटशर्ट लगाउँछन्। विश्वका प्रमुख नेताहरूसँगको बैठकमा पनि उनी उस्तै लुगा लगाएको देखिन्छ।
यो प्रश्नपछि राष्ट्रपति कार्यालयमा शुक्रबार भोलोदिमिर जेलेन्स्की र डोनाल्ड ट्रम्पबीच भइरहेको भेटवार्ताका क्रममा चर्काचर्की भएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेकाे जेलन्स्कीले आरोप लगाएका छन् । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register