प्रचण्डलाई गगनको काउन्टर : काङ्ग्रेस-एमाले मिलेर सरकार बनाउनु भनेको भुल्नुभयो ?

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष सम्बोधनलाई काउन्टर दिएका छन् । संसद्‌मा विशेष सम्बोधन गर्दै प्रचण्डले सरकार ठूलो राजनीतिक बलमिच्याइँ र संविधानको अवहेलनाबाट बनेको आरोप लगाएका थिए । सांसद थापाले प्रचण्डको यही अभिव्यक्तिलाई काउन्टर दिएका हुन् । प्रचण्डलाई काउन्टर दिँदै थापाले भनेका छन्, “सरकार […]

Mar 11, 2025 - 09:15
 0
प्रचण्डलाई गगनको काउन्टर : काङ्ग्रेस-एमाले मिलेर सरकार बनाउनु भनेको भुल्नुभयो ?

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष सम्बोधनलाई काउन्टर दिएका छन् ।

संसद्‌मा विशेष सम्बोधन गर्दै प्रचण्डले सरकार ठूलो राजनीतिक बलमिच्याइँ र संविधानको अवहेलनाबाट बनेको आरोप लगाएका थिए । सांसद थापाले प्रचण्डको यही अभिव्यक्तिलाई काउन्टर दिएका हुन् ।

प्रचण्डलाई काउन्टर दिँदै थापाले भनेका छन्, “सरकार बनेको ४१ दिन भएको थियो । नेपाल बङ्गलादेश र श्रीलङ्का बन्ला भन्नुभयो । सरकार बनेको कुरा नै असंवैधानिक छ भनेको कुरा सम्झेको छु । एमाले र कांग्रेस मिलेर सरकार बनाउनूस् भनेको होइन ? त्यस बेला पनि संविधान यही थियो होइन र?”

उनले एकअर्कालाई दोषारोपण गरेर नभई सबै संयन्त्रलाई प्रभावकारी बनाउन सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register