भद्रपुरमा आगलागी हुँदा ३ लाखको क्षति

झापा, १८ फागुन । भद्रपुरमा आइतबार दिउँसो आगलागी भएको छ । भद्रपुर नगरपालिका–४ स्थित डागीबारी निवासी दुर्गामन राजवंशीले खेती गर्ने ठाउँमा बनाइएको अस्थायी टहरामा आगलागी भएको हो । आगलागीबाट टहरासहित दुई थान पानी पम्पसेट र दुई बिगाहा धानको परालमा क्षति भएको छ। आगलागीबाट अन्दाजी ३ लाख बराबरको क्षति भएका घरधनी राजवंशीले जानकारी दिए । आगलागीको [...] The post भद्रपुरमा आगलागी हुँदा ३ लाखको क्षति appeared first on Jhapa Online.

Mar 2, 2025 - 08:56
 0
भद्रपुरमा आगलागी हुँदा ३ लाखको क्षति

झापा, १८ फागुन । भद्रपुरमा आइतबार दिउँसो आगलागी भएको छ । भद्रपुर नगरपालिका–४ स्थित डागीबारी निवासी दुर्गामन राजवंशीले खेती गर्ने ठाउँमा बनाइएको अस्थायी टहरामा आगलागी भएको हो ।

आगलागीबाट टहरासहित दुई थान पानी पम्पसेट र दुई बिगाहा धानको परालमा क्षति भएको छ। आगलागीबाट अन्दाजी ३ लाख बराबरको क्षति भएका घरधनी राजवंशीले जानकारी दिए ।

आगलागीको कारण भने खुलेको छैन । टहरामा लागेको आगो मेचीनगर नगरपालिका र बिर्तामोड नगरपालिकाको दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भद्रपुरका नगर प्रहरी
समेतको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भद्रपुर नगरपालिकाको दमकल मर्मत सम्भारको लागी बिर्तामोड ग्यारेजमा रहेकोले अन्य पालिकाबाट दमकल आएका थिए ।

The post भद्रपुरमा आगलागी हुँदा ३ लाखको क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register