सिद्धार्थ बुटीकमा ल्होसार सांस्कृतिक कार्यक्रम, पाँच सयभन्दा बढी दर्शकको उपस्थिति

काठमाडौं । काठमाडौंको बौद्धस्थित सिद्धार्थ बुटीक होटेलमा शेर्पा समुदायको प्रमुख पर्व ग्याल्पो ल्होसार भव्य रूपमा सम्पन्न भएको छ । केही समय सिमसिमे वर्षा भए पनि ५०० भन्दा बढी दर्शकको उपस्थितिमा कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले गरेका थिए । उनले ल्होसारको अवसरमा शान्ति, समृद्धि […]

Mar 2, 2025 - 12:16
 0
सिद्धार्थ बुटीकमा ल्होसार सांस्कृतिक कार्यक्रम, पाँच सयभन्दा बढी दर्शकको उपस्थिति

काठमाडौं । काठमाडौंको बौद्धस्थित सिद्धार्थ बुटीक होटेलमा शेर्पा समुदायको प्रमुख पर्व ग्याल्पो ल्होसार भव्य रूपमा सम्पन्न भएको छ । केही समय सिमसिमे वर्षा भए पनि ५०० भन्दा बढी दर्शकको उपस्थितिमा कार्यक्रम उल्लासमय वातावरणमा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले गरेका थिए । उनले ल्होसारको अवसरमा शान्ति, समृद्धि र आपसी सद्भावको शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा गायक विश्व दोङ, सुमिना लो, पाल्मु शेर्पा, लाक्पा तेन्जी शेर्पा तथा बाल गायक लाक्पा डोमा शेर्पाको प्रस्तुति रहेको थियो । त्यस्तै, डिजे नवाङको विशेष सङ्गीत सेसनले दर्शकहरूलाई झनै उत्साहित बनाएको थियो ।

कार्यक्रममा नेपाली मात्रै नभई विदेशी पर्यटकहरू पनि शेर्पा तथा नेपाली परम्परागत नृत्यमा रमाइरहेका दृश्यहरू कार्यक्रमको विशेष आकर्षण बने ।

कार्यक्रमका आयोजक तथा सिद्धार्थ बुटीक होटेल बौद्धका प्रबन्धक रबिन अर्यालले ल्होसार सांस्कृतिक कार्यक्रमलाई आगामी वर्षहरूमा वार्षिक रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register