पाथीभरामा केबलकार निर्माणको वातावरण बनाउन एमालेले पहल गर्ने

काठमाडौं । नेकपा एमालेले पाथीभरामा केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरणका लागि छलफल अघि बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै महासचिव शङ्कर पोखरेलले भने, ‘पाथीभरामा विवाद मिलाउन स्थानीय जनप्रतिनिधि […]

Mar 2, 2025 - 12:16
 0
पाथीभरामा केबलकार निर्माणको वातावरण बनाउन एमालेले पहल गर्ने

काठमाडौं । नेकपा एमालेले पाथीभरामा केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरणका लागि छलफल अघि बढाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि पहल गर्ने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै महासचिव शङ्कर पोखरेलले भने, ‘पाथीभरामा विवाद मिलाउन स्थानीय जनप्रतिनिधि र प्रशासनसँग छलफल गरेर समस्या समाधान गर्दै केबलकार निर्माणका लागि वातावरण बनाउने निर्णय भएको छ ।’

बैठकलले  जनसङ्गठनहरूको पदाधिकारी सङ्ख्या घटाउने निर्णय पनि गरेको छ । महासचिव पोखरेलले बैठकले पार्टीका सदस्यका विदेशभ्रमणका लागि आचारसंहिता समेत जारी गरिएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register