‘केआईआईटी विश्वविद्यालयकी प्रकृतिलाई न्याय दिलाउँछौँ’

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाएकी छन् । प्रकृतिको मृत्युपछि शोकमा रहेका उनका बुबाआमा र आफन्तजनलाई सोमबार भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा देउवा र गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन् मन्त्री डा देउवाले मृतक प्रकृतिका बुबाआमा र […]

Mar 3, 2025 - 15:09
 0
‘केआईआईटी विश्वविद्यालयकी प्रकृतिलाई न्याय दिलाउँछौँ’

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाएकी छन् । प्रकृतिको मृत्युपछि शोकमा रहेका उनका बुबाआमा र आफन्तजनलाई सोमबार भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा देउवा र गृहमन्त्री रमेश लेखकले यस्तो बताएका हुन्

मन्त्री डा देउवाले मृतक प्रकृतिका बुबाआमा र आफन्तजनलाई सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनबमोजिम कडा कारबाहीका लागि आफूले सुरुदेखि नै कूटनीतिक पहल जारी राखेको बताएकी थिईन् । उनले प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आफूले गत हप्ता ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग कुराकानी गरेको र उक्त घटना भएलगत्तै त्यहाँका उच्च शिक्षामन्त्रीसँगसमेत कुराकानी भएको जानकारी गराईन् । त्यसक्रममा घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पठनपाठनको उचित र सुरक्षित प्रबन्ध गर्न आग्रह गरेको मन्त्री डा देउवाले जानकारी गराईन्।

प्रकृतिका बुबाआमासँग उनले भनिन्, “मैले कूटनीतिक माध्यमबाट दोषीमाथि कानुनी कारबाहीका लागि पहल गर्न भारत सरकारसँग आग्रह गरेकी छु र सरकारले यसलाई फलोअप गरिरहेको छ । प्रकृतिलाई न्याय दिलाउने काममा म र गृहमन्त्रीजीले कुनै कसर बाँकी राख्ने छैनौँ ।”

यस विषयमा परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको पनि मन्त्री देउवाले जानकारी दिईन् ।

उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको यही फागुन ४ गते रहस्यमय मृत्यु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register