बेलायतको गुल्मेली मेला आइतबार, राष्ट्रियदेखि स्थानीयसम्मका थुप्रै कलाकारले प्रस्तुति गर्दै

लन्डन- गुल्मी जिल्ला समाज यूकेको आयोजनामा बेलायतमा वर्षेनी हुंदै आएको गुल्मेली मेलामा यस वर्ष थुप्रै कलाकारले प्रस्तुति गर्ने भएका छन् । आउँदो आइतबार अगष्ट ३ तारिखमा लन्डन फेल्थामको ट्युडोर पार्क स्पोर्टस् एन्ड लिजरको मैदानमा हुने कार्यक्रममा राष्ट्रियदेखि स्थानीय स्तरसम्मका आधा दर्जन बढी कलाकारको प्रस्तुति हुने भएको हो । समाजका महासचिव महलाल घिमिरेका अनुसार कार्यक्रममा प्रस्तुति […]

Jul 28, 2025 - 15:32
 0
बेलायतको गुल्मेली मेला आइतबार, राष्ट्रियदेखि स्थानीयसम्मका थुप्रै कलाकारले प्रस्तुति गर्दै

लन्डन- गुल्मी जिल्ला समाज यूकेको आयोजनामा बेलायतमा वर्षेनी हुंदै आएको गुल्मेली मेलामा यस वर्ष थुप्रै कलाकारले प्रस्तुति गर्ने भएका छन् ।

आउँदो आइतबार अगष्ट ३ तारिखमा लन्डन फेल्थामको ट्युडोर पार्क स्पोर्टस् एन्ड लिजरको मैदानमा हुने कार्यक्रममा राष्ट्रियदेखि स्थानीय स्तरसम्मका आधा दर्जन बढी कलाकारको प्रस्तुति हुने भएको हो ।

समाजका महासचिव महलाल घिमिरेका अनुसार कार्यक्रममा प्रस्तुति गर्न समाजको निमन्त्रणमा नेपालबाट गुल्मेली लोकदोहोरी गायक अर्जुन कुंवर आउँदैछन् । कार्यक्रमको प्रमुख आकर्षणका रुपमा लोकप्रिय गायिका रचना रिमालले पनि सांगीतिक प्रस्तुति गर्ने भएकी छन् ।

त्यसबाहेक राष्ट्रिय स्तरकै गायिकाहरु रेनुका भट्राई घिमिरे, सीता परियार र सृष्टि पुनका साथै डान्सर अस्मिता आलेले पनि आफ्नो प्रस्तुति गर्ने भएका छन् । साथमा स्थानीय कलाकारहरु प्रिसा खत्री, महिमा जुग्जाली मगर, अञ्जना सापकोटालगायतले पनि आकर्षक नृत्यहरु प्रस्तुत गर्दैछन् ।

सो अवसरमा नेपाल र विशेषतः गुल्मीतिर प्रचलित मौलिक सोरठी नाच, सराय नाच, लाखे, घांटु नाच, तीजगीत, भजनदेखि गुल्मेली झयाउरे, ठाडो भाका र सालैजोसम्मका प्रस्तुति पनि रहनेछन् । सधैंजस्तै प्रथम नौमति बाजा गुल्मी यूके समूहले पनि नौमती बाजाको प्रस्तुति गर्नेछ ।

मेलामा सहभागी हुन लनडनबाट सयौं माइल टाढा स्कटल्यान्ड, मिडल्यान्डदेखि आसपासका विभिन्न क्षेत्रबाट गरी १५ सय बढी गुल्मेलीहरु भेला हुने आयोजकको अपेक्षा छ ।

कार्यक्रममा सहभागिताका लागि २० पाउण्ड टिकट शुल्क छ । १२ वर्षमुनिका बालबालिकाको लागि १२ पाउण्ड छ भने ५ वर्ष मुनिका लागि निशुल्क छ ।

सोही शुल्कमा सहभागीहरुलाई लाइभ स्टलमा जलेवी, चटपटेका साथै बारबीक्यूसहितको तीन कोर्स खाना उपलब्ध गराइनेछ ।

कार्यक्रमका संयोजक क्याप्टेन ताम ढेगाले यसपटकको कार्यक्रममा सहभागी कलाकार, सांस्कृतिक कार्यक्रमदेखि क्याटरि र व्यवस्थापनका सबै पक्षलाई सुढृढ पार्ने कोशिस गरिएको बताउँदै कार्यक्रम थप गुणस्रीय र मनोरञ्जनत्मक बन्ने आशा गरिएको बताए ।

सोही अवसरमा आकर्षक पुरस्कारसहितको राफल ड्र पनि गराइने भएको छ। राफलमा पहिलो तथा दोस्रो पुरस्कारमा सुनको चन्द्रमा, तेस्रो पुरस्कारमा १ सय पाउन्ड नगदलगायतका पुरस्कार छन् ।

आयोजक गुल्मी जिल्ला समाज यूकेले बेलायतवासी सबै गुल्मेलीका साथै गैरगुल्मेली नेपालीहरु समेतको उपस्थिति अपेक्षा गरेको छ र सोहीअनुसार सबैलाई कार्यक्रममा आमन्त्रण गरेको छ ।

यो पनि पढौं: बेलायतको गुल्मेली मेला ३ अगष्ट लन्डनमा, यो वर्ष झन् धेरै मौलिक कार्यक्रम

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register