विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । दुबई २०२५ विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । मङ्गलबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिदाइ गरेको छ । उनीहरुलाई सदस्यसचिव टङ्कलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले शुभकामना दिएका छन् […]

Feb 4, 2025 - 06:06
 0
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । दुबई २०२५ विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

मङ्गलबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिदाइ गरेको छ । उनीहरुलाई सदस्यसचिव टङ्कलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले शुभकामना दिएका छन् ।

फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् ।

नवराज कार्कीले पुरुष ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । विलिशा अर्यालले महिला १ सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्वेले महिला २ सय/४ सय मिटर दौड र लङजम्पमा प्रतिस्पर्धा गर्नेछन् ।

यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथ्लेटिक्स च्याम्पियनसिपमाका लागि खेलाडी छनोट गरिने बताइएको छ ।

टिम व्यवस्थापकमा साङबु भोटे, प्रशिक्षकमा ओलम्पियन विमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register