नेपाली आप्रवासीलाई लिएर उत्रियो अमेरिकी विमान (तस्वीरहरू)

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई स्वदेश फर्काइएको छ । अमेरिकाले विमान चार्टड गरेर ११ नेपालीलाई स्वदेश फर्काएको हो । उनीहरूलाई लिएर आएको विमान बुधबार बिहान अवतरण भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काइरहेका छन् । त्यसक्रममा यसअघि २७ नेपाली फिर्ता भएको […]

Mar 5, 2025 - 05:11
 0
नेपाली आप्रवासीलाई लिएर उत्रियो अमेरिकी विमान (तस्वीरहरू)

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई स्वदेश फर्काइएको छ ।

अमेरिकाले विमान चार्टड गरेर ११ नेपालीलाई स्वदेश फर्काएको हो । उनीहरूलाई लिएर आएको विमान बुधबार बिहान अवतरण भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काइरहेका छन् । त्यसक्रममा यसअघि २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ ।

उनले केही दिनअघि सामाजिक सञ्जाल ट्रुथमा अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आप्रवासी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा पनि खतरानक रहेको बताएका थिए । आप्रवासीप्रति कडा नीति नलिए अमेरिकाको हाल पनि युरोपजस्तै हुने उनको भनाइ थियो  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register