कुलमानलाई हटाउने सरकारको तयारी, ‘पदबाट किन नहटाउने ?’ भन्दै तीन दिने स्पष्टिकरण सोधिने, के गर्लान् कुलमान ?

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले तीन पटक स्पष्टिकरण सोधिसकेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले फेरि स्पष्टिकरण सोध्ने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई तीन दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।  कार्यसम्पादनका आधारमा शून्य अंक पाएका कुलमानलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टिकरण सोध्ने निर्णय भएको […]

Mar 6, 2025 - 03:17
 0
कुलमानलाई हटाउने सरकारको तयारी, ‘पदबाट किन नहटाउने ?’ भन्दै तीन दिने स्पष्टिकरण सोधिने, के गर्लान् कुलमान ?

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले तीन पटक स्पष्टिकरण सोधिसकेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले फेरि स्पष्टिकरण सोध्ने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई तीन दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । 

कार्यसम्पादनका आधारमा शून्य अंक पाएका कुलमानलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै स्पष्टिकरण सोध्ने निर्णय भएको एक मन्त्रीले बताएका छन् । 

ती मन्त्रिका अनुसार कुलमानले पाएको अंकका विषयमा स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए उनलाई पदबाटै हटाउने तयारी सरकारले गरेको छ । कार्यसम्पादन मूल्याङ्कनमा ५० भन्दा कम अंक ल्याए कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था उनीसँगको सम्झौतामा उल्लेख छ । सोही सम्झौतामा टेकेर सरकारले कुलमान हटाउने तयारी गरेको ती मन्त्रीले बताएका छन् । 

यसो त उर्जामन्त्री दीपक खड्काले पहिलोपटक गत पुष २२ गते कुलमानलाई स्पष्टिकरण सोधेका थिए । त्यसयता मन्त्री खड्काले कुलमानलाई दुई पटक स्पष्टिकरण सोधिसकेका छन् । 

तर, तेस्रो पटकको स्पष्टिकरणमा आफूलाई कारवाही गर्ने अधिकार मन्त्रालयलाई नभएको भन्दै कुलमानले जवाफ दिएपछि उर्जा मन्त्रालयले उनलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा शून्य अंक दिएको थियो । कार्यसम्पादन मूल्याङ्कनमा आधारमा कुलमानले पाएको सोही शून्य अंकलाई कारण बनाउँदै सरकारले कुलमानलाई पदबाट हटाउने तयारी गरेको छ । 

तीन दिने स्पष्टिकरण सोध्ने सरकारले तयारी गरेसँगै प्राधिकरणका कुलमान घिसिङ पनि जवाफ दिने तयारीमा जुटेको बताइएको छ । तर, सरकारका सारा संयन्त्र पछि लागेपछि अब धेरै जोडबल नगर्ने मुडमा कुलमान देखिएको उनी निकट स्रोतले बताएको छ । ‘सरकारले स्पष्टिकरण सोधे कुलमान जीले जवाफ दिनुहुन्छ । तर धेरै जोडबल अब नगर्ने मुडमा उहाँ हुनुहुन्छ ।’, स्रोतले भन्यो, ‘सारा संयन्त्र पछि लागेपछि उहाँ पदबाट हटाए पनि हटाउन् भन्ने मुडमा हुनुहुन्छ । अब हेरौँ पछि के हुन्छ ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register