जेष्ठ नागरिक संघ कनकाईले गर्यो नौ वडाका नौ जेष्ठ नागरिकलाई सम्मान

कनकाई, ३ असार । जेष्ठ नागरिक संघ कनकाईले नगरको सभाहलमा सचेतना तथा सम्मान कार्यक्रम आयोजना गरी कनकाई नगरका नौ वडाका नौ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै जेष्ठ नागरिक संघ कनकाईको आयोजनामा जेष्ठ नागरिकलाई स्वास्थ्य सचेतना प्रदान गर्नुका साथै सम्मान गरिएको हो । सम्मानित हुनेमा कनकाई वडा नं. १ [...] The post जेष्ठ नागरिक संघ कनकाईले गर्यो नौ वडाका नौ जेष्ठ नागरिकलाई सम्मान appeared first on Jhapa Online.

Jun 17, 2025 - 17:06
 0
जेष्ठ नागरिक संघ कनकाईले गर्यो नौ वडाका नौ जेष्ठ नागरिकलाई सम्मान

कनकाई, ३ असार । जेष्ठ नागरिक संघ कनकाईले नगरको सभाहलमा सचेतना तथा सम्मान कार्यक्रम आयोजना गरी कनकाई नगरका नौ वडाका नौ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै जेष्ठ नागरिक संघ कनकाईको आयोजनामा जेष्ठ नागरिकलाई स्वास्थ्य सचेतना प्रदान गर्नुका साथै सम्मान गरिएको हो ।

सम्मानित हुनेमा कनकाई वडा नं. १ का जेष्ठ नागरिक तारा प्रसाद खनाल वडा नं. २ का जेष्ठ नागरिक भक्त बहादुर पौडेल वडा नं. ३ का जेष्ठ नागरिक कुल प्रसाद बिमली वडा नं. ४ का जेष्ठ नागरिक तुलामाया कार्की वडा नं. ५ का जेष्ठ नागरिक भिम बहादुर लिम्बू वडा नं. ६ का जेष्ठ नागरिक चिरिन्जिवी उप्रेती वडा नं. ७ का जेष्ठ नागरिक कृष्णप्रसाद प्रसाईं वडा नं. ८ का जेष्ठ नागरिक मेमलाल राजवंशी र वडा नं. ९ का जेष्ठ नागरिक भुषण दर्जी रहनु भएको थियोे ।

उहाहरुलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , प्रशासकीय अधिकृत नारायण न्यौपाने , जेष्ठ नागरिक महासंघ प्रदेश सचिव जयप्रसाद संग्रौला , जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष शम्भु प्रसाद पोखरेल , जेष्ठ नागरिक संघ कनकाईका निवर्तमान अध्यक्ष पुण्यप्रसाद बाह्रकोटी लगायतले नगद सहित खादामाला र सम्मान पत्रबाट सम्मान गर्नु भएको थियो ।

जेष्ठ नागरिकलाई स्वास्थ्य चेतना प्रदान गर्ने उदेश्यले कार्यक्रममा स्वास्थ्य सचेतना गोष्ठी समेत गरिएको थियोे । सचेतना गोष्ठीमा आँखा स्वास्थ्य सम्बन्धि मेचि आँखा अस्पतालका स्वास्थ शिक्षा अधिकृत युवराज बोहराले सहजिकरण गर्नु भएको थियो भने सुगर , प्रेसर र थाईराईड सम्बन्धि डाक्टर करण पोखरेलले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा कनकाई ६ का वडा अध्यक्ष लक्ष्मी ओली , मेचि आँखा अस्पतालको प्रतिनिधि कविता कार्की कडरिया , नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुन बोहरा , जेष्ठ नागरिक संघ कनकाईका सल्लाहकारहरु , सबै बडा बडा सम्योजक साथै जेष्ठ नागरिकहरुको आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेल , बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने , जेष्ठ नागरिक महासंघ कोशी प्रदेस समितिका सचिव जयप्रसाद संग्रौला , जेष्ठ नागरिक संघ कनकाई ५ का संयोजक पुण्यप्रसाद ओझा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे भने सम्मानितको तर्फबाट चिरिन्जिबी उप्रेतीले धन्यवाद मन्तव्य राख्नु भएको थियोे ।

जेष्ठ नागरिक संघ कनकाई नगर समितिका अध्यक्ष शम्भु प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको अौचित्य माथि प्रकाश जेष्ठ नागरिक संघ वडा नं. १ का संयोजक ऋषिकेश खतिवडाले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत जेष्ठ नागरिक संघ कनकाईको उपाध्यक्ष चम्फा खनाल सुवेदीले गर्नुभएको थियोे भने संचालन सचिव कृष्ण घिमिरेले गर्नु भएको थियोे ।

The post जेष्ठ नागरिक संघ कनकाईले गर्यो नौ वडाका नौ जेष्ठ नागरिकलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register