सोमबार ६.७८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार ९ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Jan 20, 2025 - 09:39
 0
सोमबार ६.७८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार ९ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिभर फल्स पावरको भएको छ । यस कम्पनीको २४ करोड १ लाख ८८ हजार ४ सय ४ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै कारोबार मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register