४ हजार २३० किलोग्राम गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा

धरान, ३ असार । सुनसरीको धरान उप महानगरपालिका–१३ र इटहरी उपमहानगरपालिका–२० बाट ४ हजार २ सय ३० किलोग्राम गाँजा बोकेको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । असार २ गते धरान १३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरान तर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्वरको ट्रकमा चेकजाँचको क्रममा [...] The post ४ हजार २३० किलोग्राम गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा appeared first on Jhapa Online.

Jun 17, 2025 - 17:12
 0
४ हजार २३० किलोग्राम गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा

धरान, ३ असार । सुनसरीको धरान उप महानगरपालिका–१३ र इटहरी उपमहानगरपालिका–२० बाट ४ हजार २ सय ३० किलोग्राम गाँजा बोकेको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

असार २ गते धरान १३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरान तर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्वरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो ।

यसैगरी, असार ३ गते इटहरी–२० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना. ५ ख ६११६ नम्वरको ट्कमा ७० वटा प्लास्टिकको वोरामा प्याक गरी माथिबाट बन्दाकोवी र आलुको बोराले छोपी ल्याउँदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम गाँजा बरामद गरेको हो ।

लागुऔषध गाँजा बरामद भएसँगै ट्रक चालक धनकुटा शहिदभूमि गाउँपालिका–६ का राजेन्द्र राईसहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र–९ का सुमन राईलाई नियन्त्रणमा लिइएको छ ।

चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका–८ का नारायणप्रसाद राईलाई ९ किलो ९०० ग्राम लागू औषध गाँजासहित नियन्त्रणमा लिएको छ ।

The post ४ हजार २३० किलोग्राम गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register