ब्राउनसुगरसहित कनकाई र दमकका युवा पक्राउ

झापा, ३ असार । झापाको बिर्तामोड र मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २ गते दिउँसो झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कनकाई नगरपालिका–४ का ३३ वर्षीय सञ्जित सिवा दर्जीलाई ब्राउनसुगर २१ ग्राम ९ सय ४० मिलिग्रामसहित पक्राउ गरेको छ । [...] The post ब्राउनसुगरसहित कनकाई र दमकका युवा पक्राउ appeared first on Jhapa Online.

Jun 17, 2025 - 16:45
 0
ब्राउनसुगरसहित कनकाई र दमकका युवा पक्राउ

झापा, ३ असार । झापाको बिर्तामोड र मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असार २ गते दिउँसो झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कनकाई नगरपालिका–४ का ३३ वर्षीय सञ्जित सिवा दर्जीलाई ब्राउनसुगर २१ ग्राम ९ सय ४० मिलिग्रामसहित पक्राउ गरेको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ बाट दमक–१ का ३२ वर्षीय बिजय कर्माकार र ३५ वर्षीय सन्तोष मिस्त्रीको साथबाट १३ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

त्यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषध नियन्त्रण व्यूरो विराटनगरले सुनसरीको इटहरी उप महानगगरपालिका–२ का ३० वर्षीय पंकज खत्रीलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ११ मिलिग्रामसहित नियन्त्रणमा लिएको छ ।

The post ब्राउनसुगरसहित कनकाई र दमकका युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register