पाल्पामा मङ्गलबारदेखि लागेको डढेलो अझै निभेन, चारवटा सामुदायिक वनमा क्षति

तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिका १ र २ को सीमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब एक सय ७० हेक्टरमा फैलिएका चारवटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार […]

Mar 6, 2025 - 05:26
 0
पाल्पामा मङ्गलबारदेखि लागेको डढेलो अझै निभेन, चारवटा सामुदायिक वनमा क्षति

तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिका १ र २ को सीमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिब एक सय ७० हेक्टरमा फैलिएका चारवटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register