स्वरोजगार लघुवित्तको लाभांश घोषणा 

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।  लघुवित्तको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।  लघुवित्तले हाल कायम चुक्ता पुँजीको १४.६२ प्रतिशत लभांश वितरण गर्ने भएको छ । जसमध्ये १३.८९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३१२ प्रतिशत […]

Mar 6, 2025 - 08:35
 0
स्वरोजगार लघुवित्तको लाभांश घोषणा 

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । 

लघुवित्तको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

लघुवित्तले हाल कायम चुक्ता पुँजीको १४.६२ प्रतिशत लभांश वितरण गर्ने भएको छ । जसमध्ये १३.८९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३१२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको लघुवित्तले जनाएको छ । 

लघुवित्तले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register