फिफा वरीयतामा नेपाली महिला टोलीको चार स्थान सुधार

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा चार स्थान सुधार गरेको छ । फिफाले जारी गरेको नयाँ वरीयताअनुसार नेपालले चार स्थान सुधार गर्दै ९९औं स्थानमा उक्लिएको छ । हालै मात्र घरेलु मैदानमा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । प्रतियोगितामा नेपालले लेबनान र किर्गिस्तानलाई हराएको थियो । सोही […]

Mar 7, 2025 - 10:06
 0
फिफा वरीयतामा नेपाली महिला टोलीको चार स्थान सुधार

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा चार स्थान सुधार गरेको छ ।

फिफाले जारी गरेको नयाँ वरीयताअनुसार नेपालले चार स्थान सुधार गर्दै ९९औं स्थानमा उक्लिएको छ ।

हालै मात्र घरेलु मैदानमा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । प्रतियोगितामा नेपालले लेबनान र किर्गिस्तानलाई हराएको थियो । सोही प्रदर्शनका कारण नेपालको वरीयता सुधार भएको हो ।

वरीयताको दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत वरीयताको ६९औं स्थानमा छ ।

वरीयताको शीर्ष स्थानमा अमेरिका यथावत् छ भने दोस्रो स्थानमा स्पेन छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register