रुसले गर्‍यो युक्रेनको ऊर्जा पूर्वाधारमा भीषण आक्रमण

किभ । रुसले यक्रेनका ऊर्जा पूर्वाधारमा भीषण आक्रमण गरेको छ । युक्रेनका उर्जा मन्त्री जर्मन गालुस्चेन्कोले रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा अर्को ठूलो आक्रमण गरेको बताएका छन् । “युक्रेनका विभिन्न क्षेत्रहरूमा ऊर्जा र ग्यास पूर्वाधार फेरि ठूलो मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेको छ,“उनले उल्लेख गरे । गालुसेन्कोले उद्धार टोली र ऊर्जा क्षेत्रका कामदारहरूले आक्रमणपछिको अवस्थालाई […]

Mar 7, 2025 - 15:54
 0
रुसले गर्‍यो युक्रेनको ऊर्जा पूर्वाधारमा भीषण आक्रमण

किभ । रुसले यक्रेनका ऊर्जा पूर्वाधारमा भीषण आक्रमण गरेको छ । युक्रेनका उर्जा मन्त्री जर्मन गालुस्चेन्कोले रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा अर्को ठूलो आक्रमण गरेको बताएका छन् ।

“युक्रेनका विभिन्न क्षेत्रहरूमा ऊर्जा र ग्यास पूर्वाधार फेरि ठूलो मिसाइल र ड्रोन आक्रमणको चपेटामा परेको छ,“उनले उल्लेख गरे । गालुसेन्कोले उद्धार टोली र ऊर्जा क्षेत्रका कामदारहरूले आक्रमणपछिको अवस्थालाई सामना गर्न आक्रमण भएको ठाउँमा काम गरिरहेको बताए।

उनले ऊर्जा र ग्यास आपूर्तिलाई स्थिर बनाउन आवश्यक सबै उपाय अपनाइने बताए । क्षेत्रीय सैन्य प्रशासनका अनुसार, पश्चिमी टेर्नोपिल क्षेत्रको एक महत्वपूर्ण औद्योगिक सुविधा प्रभावित भएको छ, जसले यस क्षेत्रमा ग्यास आपूर्तिमा प्रतिबन्ध लगाउने सम्भावना छ ।

रूसी सेनाले युक्रेनमा लडाई ड्रोनका साथै क्रुज र ब्यालिस्टिक मिसाइलहरूको धेरै समूहहरू प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ । सिन्ह्रा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register