श्रीमतीको हत्या गरी चार महिनादेखि फरार अभियुक्त पक्राउ

काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान मुद्धामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत वर्षको फागुन १७ गते श्रीमती अञ्जली यादवको हत्या गरी फरार भएका हरिरामलाई बिहीबार जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेसनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । । हरिराम करिब १० महिनाकी छोरीसहित […]

May 22, 2025 - 15:41
 0
श्रीमतीको हत्या गरी चार महिनादेखि फरार अभियुक्त पक्राउ

काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिका–५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान मुद्धामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

गत वर्षको फागुन १७ गते श्रीमती अञ्जली यादवको हत्या गरी फरार भएका हरिरामलाई बिहीबार जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेल्वे स्टेसनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हरिराम करिब १० महिनाकी छोरीसहित फरार थिए । उनकी श्रीमती अञ्जलीको शव भने घरभित्रै गाडिएको अवस्थामा भेटिएको थियो । मृतक अञ्जलीका पिता शिवधारी यादवले आफ्ना ज्वाइँ हरिरामविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएपछि घटनामा प्रतिवादीको संलग्नता पुष्टि भएको थियो ।

अभियुक्त पक्राउ परेपछि घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र प्रतिवादीसँगै फरार भएकी छोरीको अवस्थाबारे पनि खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register