बेलिब्रिज झिकेपछि खोटाङ र तराईको यातायात टुट्यो

खोटाङ।  सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि खोटाङ र तराईको सिधा यातायात टुटेको छ । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको बेलिब्रिज निकालिएपछि छोटो दुरीको यातायात टुटेको हो ।  पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज–१२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा बेलिब्रिज जडान गरिएको थियो । खोटाङ र उदयपुरको सीमानामा […]

May 22, 2025 - 14:01
 0
 बेलिब्रिज झिकेपछि खोटाङ र तराईको यातायात टुट्यो

खोटाङ। 

सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि खोटाङ र तराईको सिधा यातायात टुटेको छ । सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डको बेलिब्रिज निकालिएपछि छोटो दुरीको यातायात टुटेको हो । 

पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज–१२ गते आएको भीषण बाढीले बगाएपछि विकल्पमा बेलिब्रिज जडान गरिएको थियो । खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा गत पुस–२७ गतेबाट बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो । कोशीमा पानीको सतह बढ्न थालेपछि बेलिब्रिज निकालिएको थन्काईसकिएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले बताए । जेठ–५ गतेबाट यातायात बन्द गरेर अस्थायी बेलिब्रिज निकाल्न सुरु गरिएको थियो ।

सडक विभागको एक करोड दुई लाख रुपैंयाँ लागतमा आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रा.लि. उदयपुर गाईघाटले फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान तथा झिक्नेगरी ठेक्का लिएको हो । पक्की पुल सञ्चालनमा आउनुअघि पनि हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी करिब ५० मिटर लामो अस्थायी बेलिब्रिज सञ्चालन गर्ने गरिएको थियो । निर्माण सुरु गरेको दश वर्षपछि सञ्चालनमा पक्की पुल दुई बर्ष नबित्दै बाढीले बगाएको हो । पुल बगाएपछि राखिएको बेलिब्रिज समेत निकालेपछि पूर्वी शहर जान–आउन दिक्तेल–हलेसी(कटारी लामो दुरीको सडक प्रयोग गर्नुपर्ने बाध्यता सुरु भएको छ ।

पुल नभएपछि जिल्लामा दैनिक उपभोग्यवस्तु ढुवानी तथा निर्माण सामग्रीको मूल्यमा समेत प्रत्यक्ष प्रभाव पर्ने गरेको छ । आर्क डिजाइनको मोटरेबल पक्की पुल बाढीले बगाएपछि ठेकेदार तथा राजनीतिक दलका नेताहरुको आलोचना भइरहेको छ । २०६९ चैत २३ गते सम्झौता गरेर चार वर्षभित्र पूरा गर्नेगरी निर्माण सुरु गरिएको १ सय २० मिटर लामो पक्की पुल भ्याटसहित २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी गौरी–पार्वती–वाईपी जेभीले ठेक्का लिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register