यूकेमा इमिग्रेसन कडाइको असर- नेट माइग्रेसन आधा घट्यो

लन्डन- बेलायतको ‘नेट माइग्रेसन’ गत वर्ष झण्डै आधा घटेको छ। ‘द अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस)को तथ्यांकअनुसार सन् २०२४ मा बेलायतको नेट माइग्रेसन ४ लाख ३१ हजार छ । जुन अघिल्लो वर्ष सन् २०२३ को तुलनामा झण्डै आधा थोरै हो। नेट माइग्रेसनको यो संख्या गत एक वर्ष अवधिमा संसारभरबाट बेलायत भित्रिनेहरुको जम्मा संख्यामा सोही अवधिमा […]

May 22, 2025 - 14:37
 0
यूकेमा इमिग्रेसन कडाइको असर- नेट माइग्रेसन आधा घट्यो

फोटो स्काई न्यूज

लन्डन- बेलायतको ‘नेट माइग्रेसन’ गत वर्ष झण्डै आधा घटेको छ।

‘द अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस)को तथ्यांकअनुसार सन् २०२४ मा बेलायतको नेट माइग्रेसन ४ लाख ३१ हजार छ । जुन अघिल्लो वर्ष सन् २०२३ को तुलनामा झण्डै आधा थोरै हो।

नेट माइग्रेसनको यो संख्या गत एक वर्ष अवधिमा संसारभरबाट बेलायत भित्रिनेहरुको जम्मा संख्यामा सोही अवधिमा बेलायत छाड्नेहरुको जम्मा संख्या घटाउँदा बाँकी रहने संख्या हो ।

ओएनएसका अनुसार सन् २०२४ मा संसारभरबाट कुल ९ लाख ४८ हजार मानिस बेलायत आएका थिए । त्यस्तै, उक्त अवधिमा बेलायत छोड्नेहरु ५ लाख १७ हजार थिए ।

गत वर्ष बेलायतको नेट माइग्रेसनमा भारी गिरावट आउनुको पछि तत्कालिन कञ्जरभेटिभ पार्टीको सरकारले इमिग्रेसन नीतिमा लागू गरेका कडाइ नै प्रमुख कारक मानिएको छ ।

वर्क, स्टडीलगायतका भिसा रुटमा कडाइ गरिएसंगै बेलायत आउनेहरुको संख्या घटेको थियो । मुख्यतः अघिल्लो वर्षहरुको तुलनामा विदेशी विद्यार्थीको डिपेन्डन्टका रुपमा बेलायत आउनेहरुको संख्या ह्वात्तै घट्नु नेट माइग्रेसन घट्नुको प्रमुख कारण ठानिएको छ ।

गत वर्ष वर्क भिसामा बेलायत आउनेहरुको संख्या अघिल्लो वर्षभन्दा ४९ प्रतिशतले घटेको छ । त्यस्तै, सो अवधिमा विद्यार्थी भिसामा आउनेहरु पनि १७ प्रतिशतले घटेका छन् ।

अहिले बेलायतको सत्तारुढ लेबर पार्टीले गत वर्षको निर्वाचनमा आम जनतामाझ इमिग्रेसन नियन्त्रणको प्रतिवद्धता व्यक्त गरेको थियो । सरकाकी गृहमन्त्री इभेट कुपरले पछिल्लो तथ्यांकलाई सकारात्मक र स्वागतयोग्य भनेकी छन् ।

तर प्रमुख विपक्षी कञ्जरभेटिभ र इमिग्रेसनविरोधी पार्टीका रुपमा चिनिने रिफर्म यूकेलगायतका नेताहरुले भने नेट माइग्रेसनको पछिल्लो गिरावाट सकारात्मक नभएपनि पर्याप्त नभएको भन्दै लेबर सरकारले अझै धेरै गर्नुपर्ने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register