मदन भण्डारी राजमार्गमा अटो र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा शुक्रबार साँझ अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार अटोसँग ठोक्किँदा मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–७ बस्ने वर्ष २६ को अजय लिम्बूको मृत्यु भएको हो । प्रदेश १ –०५–०० ह ०३१० नम्बरको अटो रोकेर यात्रु उतारेपछि घुमाउने […]

Mar 8, 2025 - 03:21
 0
मदन भण्डारी राजमार्गमा अटो र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा शुक्रबार साँझ अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार अटोसँग ठोक्किँदा मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–७ बस्ने वर्ष २६ को अजय लिम्बूको मृत्यु भएको हो । प्रदेश १ –०५–०० ह ०३१० नम्बरको अटो रोकेर यात्रु उतारेपछि घुमाउने क्रममा तीव्र गतिमा आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका चालक लिम्बूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनालगत्तै प्रहरीले अटो चालक त्रियुगा नगरपालिका–७ चुहाडे बस्ने ३८ वर्षीय भुसीलाल दनुवारलाई अटोसहित नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए ।

बिहीबार साँझ मात्रै गाईघाटमा एक गाडीको ठक्करले एकै घरका दिदीबहिनीको मृत्यु भएको थियो । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register