एमाले र काङ्ग्रेसका नेता–कार्यकर्तासहित कम्तीमा ३०० जना माओवादी केन्द्रमा प्रवेश

रौतहट । रौतहटमा विभिन्न पार्टी परित्याग गरी कम्तीमा ३०० जना नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा गडीमाई नगरपालिका–९ मलाहीटोलमा आयोजित कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । नवप्रवेशीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका थिए । नेकपा एमाले चन्द्रपुर […]

Mar 8, 2025 - 03:00
 0
एमाले र काङ्ग्रेसका नेता–कार्यकर्तासहित कम्तीमा ३०० जना माओवादी केन्द्रमा प्रवेश

रौतहट । रौतहटमा विभिन्न पार्टी परित्याग गरी कम्तीमा ३०० जना नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा गडीमाई नगरपालिका–९ मलाहीटोलमा आयोजित कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।

नवप्रवेशीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

नेकपा एमाले चन्द्रपुर नगर उपाध्यक्ष एवं तामाङ लोकतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष लालबहादुर दोङ, आजपा केन्द्रीय सदस्य अरुण पासवान, नेपाली काङ्ग्रेसका बली सहनीको नेतृत्वमा उनीहरू माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

अभियानअन्तर्गत शनिबार रौतहटको लौकाहमा सभा हुँदैछ भने जिल्लाका अन्य विभिन्न स्थानमा जनभेटघाट कार्यक्रम रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register