यौन दुराचारको मुद्दामा फरार भारतीय पास्टर नेपालमा धर्म प्रचारमा

काठमाडौं । भारतमा यौन दुर्व्यहारको मुद्दा परेपछि फरार रहेका एक पास्टर नेपालमा खुलेआम धार्मिक सभा गरिरहेका छन् । बजिन्दर सिंह नामका ४२ वर्षीय ती पास्टर २१ र २२ फागुनमा कैलालीको टिकापुरमा धार्मिक सभाको नेतृत्व गरिरहेका थिए । भारतीय सञ्चारमाध्यमका अुनसार प्रहरी अनुसन्धान छल्दै उनी भारतबाट नेपाल आइपुगेका हुन् । भारतको पञ्जाब राज्यकी एक महिलाले उनीमाथि […]

Mar 8, 2025 - 08:33
 0
यौन दुराचारको मुद्दामा फरार भारतीय पास्टर नेपालमा धर्म प्रचारमा

काठमाडौं । भारतमा यौन दुर्व्यहारको मुद्दा परेपछि फरार रहेका एक पास्टर नेपालमा खुलेआम धार्मिक सभा गरिरहेका छन् ।

बजिन्दर सिंह नामका ४२ वर्षीय ती पास्टर २१ र २२ फागुनमा कैलालीको टिकापुरमा धार्मिक सभाको नेतृत्व गरिरहेका थिए ।

भारतीय सञ्चारमाध्यमका अुनसार प्रहरी अनुसन्धान छल्दै उनी भारतबाट नेपाल आइपुगेका हुन् । भारतको पञ्जाब राज्यकी एक महिलाले उनीमाथि यौन दुर्व्यहारको आरोपमा उजुरी दिएकी छन् । महिलाले २८ फेब्रुअरीमा प्रहरीमा उजुरी दिएकी थिइन् । यस विषयलाई भारतको महिला आयोगले पनि गम्भीरतापूर्वक लिएको बताएको छ ।

बजिन्दरमाथि अनुसन्धान गर्न भनेर पञ्जाब प्रहरीले तीन सदस्यीय विशेष टोली पनि बनाएको छ । तर, विशेष टोलीसमक्ष उपस्थित हुने दिन उनी भारतबाट भागेर नेपाल आइपुगेका हुन् ।

प्रहरी अनुसन्धान छलेर नेपाल आएपछि पञ्जाबको मोहली जिल्ला अदालतले उनीमाथि ‘गैर जमानती’ पक्राउ पुर्जी जारी गरेको छ ।

बिजेन्दर जालन्धरको ताजपुर गाउँमा रहेको ‘द चर्च अफ ग्लोरी एण्ड विस्डम’का पादरी हुन् । उनले सन् २०१७ देखि नै ती महिलामाथि यौन दुर्व्यहार गर्ने गरेको आरोप छ ।

हरियाणा राज्यका बजिन्दरको भारतभर २०६० वटा चर्च छ । उनीमाथि यसअगाडि पनि यौन दुर्व्यहारको आरोप लागिसकेको छ । सन् २०१८ मा यस्तै आरोपमा उनी पक्राउ परेका थिए । गैरकानूनी सम्पत्ति थुपारेको भन्दै सन् २०२३ मा भारतको आयकर विभागले उनका चर्चहरुमा छापा मारेको थियो ।

बीबीसी हिन्दीकाअनुसार उनी १५ वर्ष अगाडि हत्या अभियोगमा जेल परेका थिए । जेलमा रहँदा नै उनी इसाई धर्मालम्बी भएका थिए ।

बजिन्दर यस अगाडि पनि नेपाल आइसकेका छन् । २०८० को मङ्सिर ५ र ६ मा उनको एउटा कार्यक्रम चितवनको रत्ननगरमा भएको थियो । उक्त कार्यक्रममा उनले नेपालमा ‘ठूलो भूकम्प जाने’ हल्ला फैलाएका थिए । उनले त्यतिखेर भनेका थिए, “मैले भनेको कुरा लेखेर राख्नुहोस्, नेपालमा निकै ठूलो भूकम्प आउनेवाला छ । नेपालका सीएम, प्रधानमन्त्री, प्रशासनलाई परमेश्वरले सुरक्षा देओस्, मेरो कुरालाई सामान्य रुपमा नलिनुहोस्, त्यो भूकम्प जाँदा म हेलिकोप्टरमा बसेको हुनेछु ।”

उनी आफूलाई चमत्कारी पादरीका रुपमा चिनाउँछन् । क्यान्सर, पक्षघातजस्ता रोग निको पार्ने शक्ति आफूमा रहेको दाबी गर्छन् ।

इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीका प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीका अनुसार २० र २१ फागुनमा बजिन्दरले टिकापुरमा धार्मिक कार्यक्रम गरेका थिए । नेपालभ्युजसँग उनले भने, “२०, २१ गते यहाँ(टिकापुर)मा कार्यक्रम भएको थियो । २२ गते उनी गौरीफन्टा नाका हुँदै भारत नै गइसकेका छन् । भारतमा उनीमाथि चलिरहेको अनुसन्धान र पक्राउ पुर्जीका बारेमा हामीलाई जानकारी छैन ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register