बिमस्टेक सम्मेलन र थाइल्यान्डको औपचारिक भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलन सकेर स्वदेश फिर्ता भएका छन् । चैत १९ गते थाइल्यान्ड प्रस्थान गरेको प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल शनिवार मध्यान्ह नेपाल आइपुगेको हो । बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक […]

Apr 5, 2025 - 08:20
 0
बिमस्टेक सम्मेलन र थाइल्यान्डको औपचारिक भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलन सकेर स्वदेश फिर्ता भएका छन् ।

चैत १९ गते थाइल्यान्ड प्रस्थान गरेको प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल शनिवार मध्यान्ह नेपाल आइपुगेको हो ।

बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्रीको एक दिने औपचारिक भ्रमणको कार्यतालिका समेत थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली थाई समकक्षी र त्यहाँका राजासँग समेत भेट गरेका थिए । साथै, प्रधानमन्त्री ओली र थाई समकक्षीको उपस्थितिमा दुईवटा सरकारी र ६ वटा गैरसरकारी गरी वटा समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो ।

यस्तै बिमस्टेकको साइडलाइनमा शुक्रवार प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच पनि भेटवार्ता  भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register